सामुदायिक साकोसको सदस्य सेवाकेन्द्र नयाँ बानेश्वरमा स्थापना

0 Shares

काभ्रेपलाञ्चोक पनौती नगरपालिका-४, टौखालमा केन्द्रीय कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो नयाँ सदस्य सेवाकेन्द्र काठमाडौंको नयाँ बानेश्वरमा स्थापना गरेको छ । विशेष कार्यक्रमका बीच शनिबार सो संस्थाको १४औं सदस्य सेवाकेन्द्रको बागमती प्रदेश, सहकारी महाशाखाका रजिष्टार विक्रम पाण्डेयले उद्घाटन गर्नुभयो । उहाँले सहकारी संघ/संस्था सहकारी नीति , संविधान , ऐन र नियमको राय्रोसँग पालना गरी सञ्चालन हुन निर्देशनात्मक अनुरोध गर्नुभयो । काठमाडौंमा दोस्रो सदस्य सेवाकेन्द्रको रुपमा सञ्चालनमा आएको त्यस सेवाकेन्द्रको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लि.का साथै बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरे ,नेफ्स्कूनका कोषाध्यक्ष तथा कास्कूनका अध्यक्ष दीपक पनेरु र नेफ्स्कूनका नि:बर्तमान सञ्चालक तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटा लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता गर्दै सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष प्रकाश बञ्जाराले आफ्ना शेयर सदस्यहरुको सुविधालाई ध्यानमा राखी हाम्रो यस संस्थाका अरु थप ५ वटा सदस्य सेवाकेन्द्र स्थापना गर्ने योजना रहेको बताउनुभयो । उहाँले ‘यस संस्थामा शेयर सदस्य संख्या ४० हजार , शेयर पूँजी रु.३० करोड , जगेडा कोषमा रु.२३ करोड र कूल कारोवार रु.२ अर्ब २८ करोड रहेको छ’, भन्नुभयो । त्यस कार्यक्रममा उक्त संस्थाका सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्य , कर्मचारीहरु , शेयर सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply