बंगलामुखी सहकारीको नाफा १ करोड ७८ लाख माथि
भक्तपुरको बसिडोलमा रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले १४औं वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न गरिएको छ ।
सो संस्थाको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गरेका थिए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष विवेक श्रेष्ठले गरेका हुन् ।
उक्त कार्यक्रमा सोहि संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रही विभिन्न कार्यक्रमहरु गरी आफ्ना सदस्यहरुलाई सक्षम समेत बनाएको जानकारी गराए । हामो्र यस संस्थाले २ संस्था सगँ एकिकरण गरिसकेकोले अव भोलिका दिनहरुमा पनि चुनौतीका साथ काम गरी अगाडि बढ्नु पर्नेमा उनको जोड रहेको थियो ।
उक्त संस्थाका सचिव मोहनकृष्ण श्रेष्ठले आ. व. २०७७÷७८ को प्रगति विवरण पेश गरेका थिए ।
सोहि संस्थाका कोषाध्यक्ष श्याम प्रधानले आ.व. २०७७÷७८ को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै बचत संकलन ९१ करोड ३३ लाख ९६ हजार, , ऋण लगानी ९३ करोड ८५ लाख ५८ हजार, जगेडा तथा अन्य कोष ३ करोड ५३ लाख २० हजार, कुल वासलात १ अर्ब १४ करोड ६ लाख शेयरपुँजी १२ करोड ४७ लाख पुगेको जानकारी गराए । संस्थाले १ करोड ७८ लाख ९४ हजार नाफा गरेको समेत उल्लेख गरिएको छ ।
संस्थाले १४औं बसन्तसम्म पार गर्दा भक्तपुर जिल्लाभर सहकारी क्षेत्रमा कारोबारका आधारमा पाँचौं स्थान हासिल गर्न सफल भएको संस्थाका प्रबन्ध सञ्चालक जगतकृष्ण श्रेष्ठको भनाई छ ।
संस्थाको भक्तपुरको शंखधर चोक र ललितपुरको ग्वार्कोमा गरी २ वटा सेवा केन्द्र संचालनमा छन् । संंस्थाले आफ्ना सदस्यहरुलाई मोबाईल बैंकिङ्ग सेवा सहित रेमिट्यान्स सेवा पनि संचालन गर्दै आईरहेको छ ।
