नवाली सहकारीले आफ्ना सदस्यलाई १५.७८ प्रतिशत लाभांश दिने

0 Shares

काठमाण्डौ महानगरपालिकाको जयबागेश्वरी मन्दिर नजिकै रहेको नवाली बचत तथ ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा असोज १६ गतेका दिन सम्पन्न भएको छ ।

सोहि कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष आशामान संगतले आफ्नो शुभकामना मन्तव्य राख्दै संस्थाले सहकारिताको मुल्य मान्यता र सिद्धान्तको पालना गर्दै आफ्ना सदस्यहरुलाई वित्तीय सेवाका साथै बचत ऋणमा उच्चतम प्रतिफल प्रदान गर्दै आईरहेको जानकारी गराएका थिए ।
सो संस्थामा आबद्ध रहेका सदस्यहरुको माया र भावनाले गर्दा संस्था आज यहाँ सम्म आईपुग्न सफल भएको उनको भनाई थियो ।
उक्त संस्थाका सचिव बाबुराजा संगतले आ. व. २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । उनले चालु आवको भावी कार्यक्रम पेश गर्दै शेयरपुँजी १ करोड ५० लाख पु¥याउने लक्ष्य रहेको उनले जानकारी गराए ।
उक्त संस्थाका कोषाध्यक्ष अशोक कुमार डंगोलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
संस्थाको २०७८ असार मसान्तसम्म बचत ७ करोड ५४ लाख २३ हजार, ऋण लगानी ५ करोड ७८ लाख २२ हजार र शेयरपुँजी ९२ लाख ४८ हजार रहेको उल्लेख गरिएको छ ।

सो संस्थामा ९८० सदस्यहरु आबद्ध भईसकेका छन् । संस्थाले आफ्ना सदस्यहरुलाई १५.७८ प्रतिशत लाभांश दिने निर्णय समेत पारित गरेको छ

Leave a Reply