ॐ साईराम सहकारीको सुरक्षाको पालना गरी ९ नवौ बार्षिक साधारण सभा सम्पन्न
काठमाडौंको बालाजुमा रहेको ॐ साईराम बचत तथा ऋण सहकारी संस्थाले ९ वार्षिक साधारणसभा तथा १० औंं स्थापना दिवस यहि असोज २५ गतेका दिन भव्य रुपमा सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष सुशील कुमार बस्न्यातको अध्यक्षतामा सम्पन्न भएको सो संस्थाले अशोज २ गतेदेखि सदस्य उपस्थिति पुस्तिका खुला तथा प्रतिवेदन वितरण शुरु गर्दै आएको हो । कोराना माहामारीको सुरक्षालाई मध्यनजर गर्दै संस्थाले बिधुतीय माध्यमबाट सभा सम्पन्न गरेको जानकारी गराईएको छ ।
सोहि संस्थाका अध्यक्ष बस्न्यातले संस्थाको बार्षिक प्रतिवेदन पेश गरेका थिए । अन्तराष्ट्रिय सहकारी मुल्य मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको हाम्रा यस संस्थाले कुनैपनि वित्तीय सेवा सुविधाबाट बन्चित नगराएको उनले जानकारी समेत गरेका थिए ।
संस्थाको आथिक वर्ष २०७७÷७८ को असार मसान्तसम्म बचत संकलन र १७ करोड ८४ लाख, १६ करोड ८७ लाख ऋण लगानी, ८४ लाख ९१ हजार जगेडा तथा अन्य कोष, २५ लाख १२ हजार सञ्चालन मुनाफा, २०२१ सदस्य र २ करोड २१ लाख ६९ शेयरपुँजी पु¥याउन सफल भएको उल्लेख गरिएको छ ।
सो सभामा संस्थाका सचिव लोकेन्द्र केसीले स्वागत मन्तब्य र लेखासमिति संयोजक प्रदीप अर्यालले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
संस्थाले सदस्यहरुलाई प्रविधी मैत्री र उत्पादनमूलक क्षेत्रमा लाग्नको लागि प्ररित गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजाराम बस्नेतको भनाई छ ।
