कश्मिरा सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको बागबजारमा रहेको कश्मिरा बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं बार्षिक साधारण सभा राष्ट्रिय सहकारी बैंकका संचालक तथा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यतामा हार्दिक होटल बागबजारमा आज सम्पन्न भएको छ ।
त्यसैगरी अतिथिहरुमा कास्कुनका कोषाध्यक्ष निरञ्जन सेढाई, राष्ट्रिय सहकारी बैंक न्युरोड शाखा प्रमुख केदारनाथ उप्रेती, बैंकका पुतलीसडक शाखा प्रमुख अरुणा तिवारी, काभ्रेस्थली कृषि सहकारी संस्था लि.का अध्यक्ष रामसुदन भण्डारी, मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ओम बस्नेत, पशुपति विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा, संस्थाका उपाध्यक्ष आर सी पन्त, विधुतकर्मी बहुउद्देश्यीय सहकारी संस्था लि.का सचिव भोजराज ढुंगाना लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले संस्थाको बार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै उनले संस्था सदस्यहरुको महत्वपूर्ण साथ र सहयोगले अगाडि बढिरहेको देख्दा आफुलाई खुशी लागेको बताए ।
साथै राष्ट्रिय सहकारी बैंकको तर्फबाट संस्थाको लागि सक्दो सहयोग गर्ने समेत उनले बताएका थिए ।
सो साधारण सभाको अध्यक्षता ग्रहण गर्दै संंस्थाका अध्यक्ष रमेश पाण्डेले २०७७÷ ०७८ को बार्षिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदन पेश गर्दै अध्यक्ष पाण्डेले २०६४ सालतिर एउटा बैंठक बाट गठित भई सोहि बर्षको चैत्र २० गते विधिवत रुपमा डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई निरन्तर सदस्यहरुलाई सेवा प्रदान गर्दै आईरहेको यो संस्थाले हाल आएर चौधौ बार्षिक साधारण सभा सफल रुपमा गरेको छ । संस्था यहाँसम्म आईपुग्न सदस्य, पूर्व पदाधिकारी र कर्मचारीहरुको पनि ठूलो साथ रहेको उनको भनाई थियो ।
संस्थाका व्यवस्थापक जयराम तिमल्सिनाले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रम संचालन संस्थाका लेखा समिति संयोजक सुदर्शन अर्यालले गरेका थिए
संस्थाका लेखा समिति संयोजक डिल्लीराज धितालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै संस्थाले आगामी बर्षहरुमा सदस्यहरुलाई प्रविधि मैत्री बनाउनको लागि अनलाईन सेवा मार्फत एस.एम.एस बैंकिङ्ग सेवाहरु उपलब्ध गराउने योजना बनाएको जानकारी गराए ।
संस्थाको आर्थिक बर्ष २०७७÷ ०७८ असार मसान्तसम्म सदस्य संख्या ३६३, शेयरपुँजी २,१४,०४,१००।–, बचत तथा निक्षेप १९,२६,९४९३३.७३, ऋण लगानी ३०,३६,४२,१९६÷८६ र कुल सम्पत्ति ३१९,५५०,१७६.८६ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।