“समस्या हामीले सृजना गरेका छौ र समाधान पनि हामी नै गर्न सक्छौ ” विभु कुमार पोखरेल सहकारी अभियान्ता प्रदेश नं २

0 Shares

सामाजिक, आर्थिक, सांस्कृतिक विकास तथा परिवर्तनको मूख्य आधार र अचुक अस्त्र सहकारी हो भन्ने कुरामा सायदै विमती होला । सहकारीको स्थापना पनि न्यूनतम आवश्यकता पुरा गरी संगठित भई सहकार्य गर्ने भावनाबाट अभिप्रेरित भएको पाईन्छ । मानव इतिहासको प्राग ऐतिहासिक काल देखि नै अस्तित्व रक्षाको लागि संघर्ष गर्दै आवश्यकताहरु पुरा गर्दै अघि बढेको हामी इतिहासको अध्ययनबाट थाहा पाउन सक्छौ । सहकार्य र सहकारिताको भावना त्यो कालखण्ड देखि नै सुरु भएको हाम्रा पूर्विय दर्शनमा यत्रतत्र उल्लेख गरिएको पाइन्छ र पनि विश्व समुदायले सन् १८४४ पछी मात्र औपचारिक रुपमा सहकारीतालाई एक अभियानको रुपमा आत्मसाथ गर्ने अवसर मिलेको पाईन्छ ।
नेपालमा २०१३ पछी सहकारीको विकासमा पाइला चालेको समयावधी मानिन्छ । २०१३ देखि आजसम्म २०७८ आइपुग्दा सहकारीले धेरै नै आरोह अवरोधहरु खेप्नु परेको छ । २०४६ को परिवर्तन पछी तुलतात्मक रुपमा सहकारी मैत्री वातावरण निर्माण भएको पाउछौ । सहकारी एैन ,नियमावली, मापदण्ड निर्देशिका निर्माण हुनु र राज्यका तमाम निकाय सहकारी प्रति आकर्षित हुनुले पनि सहकारीको विकासमा भूमिका खेलेको पाईन्छ ।
सहकारीको स्थापनामा तिव्र वृद्धि आवश्यक नियम आउनको तर्जुमा यी भावी कुराहरु भएता पनि सहकारीको अबको बाटो कता उद्देश्य मुताविकको कार्य संचालन भए नभएको मूल्याङ्कन गर्ने अनुगमनको बाटो अर्थात सहकारी अभियानलाई नियमन गर्ने निकायको उदासिनता, अभियानकर्तामा देखिएको राजनैतिक सपना, सहकारीलाई मार्गनिर्देश गर्न सक्ने सक्षम ,इमान्दार तटस्थ व्यवसायीक नेतृत्वको अभाव, युवा पुस्तालाई आकर्षित गर्ने कार्यक्रमहरु प्रदान गर्न नसक्नु कर्मचारी तथा जनप्रतिनिधिहरु पनि सहकारी प्रति अनुदार हुनु सहकारी सञ्चालकलाई दम्भी मनोगत र आत्मरतिमा रमाउने प्रवृत्ति बढ्नु पनि आजकल सहकारीका चुनौती बेका छन् ।
सहकारीमा धेरै चुनौतीका बाबजुद पनि सहकारीबाट नै जिविका संचालनमा सहजता हुन्छ भनेर आँखामा सपना सजायर राख्ने लर्को पनि ठुलो छ र यो यथार्थता हो । समस्या हामिले सृजना गरेका छौ र समाधान पनि हामी नै गर्न सक्छौ भनेर दृढ अठोटका साथ अभियानकर्ताहरु लाग्ने हो भने सदस्यले देखेको सपना पुरा गर्न सकिन्छ । हामीले माथि उल्लेख गरेका केही समस्याहरुको निराकरण तर्फ अग्रसर हुन आवश्यक छ । सहकारकिो अबको बाटो स्पष्ट हुनु पर्छ । निति विधि सम्मत सहकारी संचालन गर्दै उत्पादन मूलक तथा सामुहिक व्यवसायिकता तर्फ उन्मुख हुन पर्छ , व्यवशायिकता तर्फ जानको लागि बाधा पु¥याउने कानुनहरु संशोधन गर्नु पर्छ । सहकारीमा आज पनि चारआना, आठ आना उठाएर सिमित कारोबारमा मात्र रुमलिनु पर्छ भन्ने मान्यताबाट टाढा जान आवश्यक छ यसको मतलब अनावश्यक चुरीफुरी तड्क भड्क गर्नु पर्छ भन्ने होईन मात्र समयानुकुल स्मार्ट बन्नु पर्छ ।
उद्देश्यमुताविक संस्थाहरु संचालन भए नभएको हेर्ने काम नियमक निकायले गर्नु पर्छ । सहकारी स्व नियमनकारी, स्व अनुशासित संस्था हो भनेर सम्बन्धित निकाय उम्कन पाउदैन राज्यले जारी गरेका ऐन निमावली निर्दैशनको पालना कति भएको र त्यसको पनि मूल्याङन गरिनु पर्दछ । वर्तमान अवस्थामा ऐन र निमावलीमा भएको न्यूनतम व्यवस्था दोहोरो सदस्यताको अन्त्य विभागले जारी गरेको सन्दर्भ व्याज दरको कडाईका साथको कार्यन्वयनमा पनि नियमनकारी निकाय चुकेको पाउछौ ।
त्यस्तै अभियानकर्तामा देखिएको राजनैतिक सपना पनि ठुलै चुनौति रहेको छ । सहकारीलाई राजनैतिक भर्याङ बनाउने अहोराज राजनितिक सत्ता शक्तिको राग अलाफ्ने अनि आफु सहकारीकर्मी भनी सदस्यहरुको आँखामा छारो हाल्ने काम पनि भएका छन् । यसको अन्त्यको लागि कानुनी व्यवस्था गर्न आवश्यक छ । सहकारी नियमावलीमा स्पष्ट रुपमा जनप्रतिनिधी सहकारी संस्थाको संचालक बन्न नपाईने व्यवस्था छ तर धेरै जनप्रतिनिधीहरु संचालक भएको संस्थालाई समुदाय तथा सदस्य केन्द्रित बनाउनु पर्नेमा आफनो झोला केन्द्रित बनाएको देख्न सक्छौ ।
त्यस्तै युवा पुस्तालाई सहकारी प्रति आकार्षित गर्ने काम गर्नु पर्छ ,युवा पुस्ताको सोचमा परिवर्तन ल्याउनु पर्छ । खाडीको ४३ डिग्री तापक्रममा काम गर्नु भन्दा आफनै मुलुकमा काम गर्नु पर्छ भन्ने भावना जागत गराउनु पर्छ त्यसको लागि कार्यलाई इज्जत गर्ने संस्कारको विकास गराउनु पर्छ । कामलाई हेप्ने र पैसालाई चेप्ने प्रवृत्तिको अन्त्य गर्न सहकारी संस्था अभियानकर्ता नियमक निकाय, राज्य सबैले सुक्ष्म योजना बनाएर अघि बढ्नु पर्छ ।
त्यस्तै सहकारीको संस्थागत विकासमा संचालकहरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ । अहिले जति पनि समस्याग्रस्त सहकारीको चर्चा हुन्छ ति मध्ये धेरै सहकारीमा संचालकहरुको संलग्नता देखिएको छ । यसको मुल कारणमा संचालकहरुमा बढ्दै गएको छाडापन व्यक्तीगत व्यवसायमा सहकारीलाई रुपान्तरण गर्न , राजनैतिक छाता प्रदान गर्नु ,दम्भी तथा मनोगत प्रभावले यो परिणाम ल्याएको हो । संचालकहरुलाई जवाफदेही र संस्था सदस्य प्रति उत्तरदायी बनाउनको लागि कानुनी र नैतिक दबाव दिन आवश्यक छ ।
आजको दिनमा सहकारी मार्फत व्यवसाय गर्द सदस्यलाई के कसरी फाईदा पुग्छ ,बंैक र सहकारी बिचको फरक हाम्रो ऐनमा व्यवस्था गरिएको संरक्षीत पूजी फिर्ता कोषको व्यवस्था तथा यसको प्रयोग ,बचतको व्याज, शेयरको लाभांश, नाफा सिमित सेवामा बढेत्तरी स्वनियमन ,स्व नियन्त्रण प्रजातान्त्रिक पद्धति जस्ता सुन्दर पक्षहरुलाई सदस्यको मनमष्तिकमा पु¥याउनेर सदस्यहरुमा जागरण ल्याउन सकियो भने निश्चय नै संचालकहरु पनि ट्याकमा आउन सक्छन् र तमाम हामीबाट सृजित समस्याहरु हामीबाट नै अन्त्य गर्न सक्छौ ।

Leave a Reply