मोरङ जिल्ला सहकारी संघको इतिहास धेरै लामो छ, डिल्ली पोखरेल अध्यक्ष जिल्ला सहकारी संघ लि. मोरङ

0 Shares

 

मोरङ जिल्ला भरीका सहकारी संस्थाहरुको टाउकोमा उभिएर त्यहाँका सहकारी संस्थाको विकास र प्रबद्र्धन गर्ने उद्देश्यसाथ अहोरात्र खटिरएर काम गरिरहनु जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल सँग सहकारी सञ्जालका कार्यकारी सम्पादक ईश्वर ढुंगेलले गरेको छोटो कुराकानी ः

मोरङ जिल्ला सहकारी संघ कति सालमा स्थापना भएको हो ? यो संघको अहिलेको गतिविधि के छ ?

जिल्ला सहकारी संघ लि. मोरङ्गको इतिहास धेरै लामो छ । यो संघ तत्कालिन साझा सहकारी संस्थाहरुको छाता संघका रुपमा वि.सं. २०२८ सालमै साझा संघको नाममा स्थापना भएको थियो । पछि २०५० सालमा आएर जिल्ला सहकारी संघ लि. मोरङ्गको नामवाट नामाकरण भएको हो ।
यो संघको बिराटनगरको केन्द्रकै रुपमा रहेको बसपार्क छेउमा आफ्नै भवन छ ।

मोरङ जिल्ला सहकारी संघमा कति सहकारी संस्था आबद्ध भईसकेका छन् ?

हाल सम्म जिल्लाका करिव ५ सय सहकारी संस्थाहरु र सबै बिषयगत सहकारी संघहरु यस संघमा आवद्ध छन् ।

मोरङ जिल्ला सहकारी संघमा सबै सहकारी संस्थाहरु किन आबद्ध गराउन सक्नु भएन ? 

जिल्लामा भएका आधाभन्दा बढी प्रारम्भिक सहकारी संस्थाहरु र सबै बिषयगत संघहरु आवद्ध छन् कतिपय सहकारी संस्थाहरु दर्ता भएका तर संचालनमा नहुनु, कतिपय संस्थाहरु सहकारीको मुल्य, मान्यता, सिद्धान्त र दर्शनमा संचालन नहुनुका कारण सबैलाइृ हामीले संघमा समेट्न सकेका छैनौं । दुरदराजका संस्थाहरुसंग हाम्रो पहुच नपुग्नुपनि अर्को कारण हुन गएको छ ।

अहिलेसम्म मोरङ जिल्ला सहकारी संघले संघमा आबद्ध भएका सहकारी संस्थाहरुलाई के कस्ता तालिम गोष्ठीहरु गर्दै आएको छ ?

यो संघ जिल्लाका सबै प्रकृतिका सहकारी संघ÷संस्थाको छाता संघ अर्थात महासंघ हो । त्यसैले यसले सबै सहकारी संघ÷ संस्थालाई समेटेर बिभिन्न प्रकृतिका तालिमहरु संचालन गर्ने गरेको छ । हामीले पछिल्लो चरणमा लेखा सम्वन्धि, सम्पति शुद्धिकरण सम्वन्धि, कोपोमिस सम्वन्धि, योजना निर्माण, सहकारी सचेतना लगायतका तालिमहरु संचालन गरेका छौं ।

मोरङ्ग जिल्लाको सहकारी अभियान कसरी अगाडि बढिरहेको छ ?

मोरङ्ग जिल्ला काठमाण्डौ. पछिको धेरै सहकारी संघ÷संस्था भएको जिल्ला हो । यँंहा मुलुकमा विद्यमान अवस्थामा रहेका प्राय सबै जस्तै सुपारी, चिया, उपभोक्ता, मजदुर, संचार, शिक्षा, पर्यटन लगायत सबै प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरु छन् र आ–आफ्नै क्षेत्रमा काम गरिरहेका छन ।
बचत तथा ऋण, कृषि, दुग्ध आदिले पनि प्रंशसनिय रुपमा काम गरीरहेका छन । यी सबै संस्थाहरुलाई जिल्ला सहकारी संघले समन्वय र सहजिकरण गरिदिएको छ । स्थानिय , प्रदेश र संघिय सरकार बिच पुलको काम हामीले गरिरहेका छौ । जिल्लामा रहेका झन्डै ३५ प्रतिशत जनतालाई सहकारीको सदस्यका रुपमा आवद्ध गराउन सकिएको छ । सहकारीको विषयलाई लिएर खासै ठुलो समस्या पनि आएको छैन । अतः जिल्लाको सहकारी अभियान उत्कृष्ट रुपमै संचालन भइरहेको मैले महसुस गरेको छु ।

नेपालको सहकारी अभियानलाई कसरी नियाली रहनुभएको छ ?

नेपालको सहकारी अभियान मुलतः सकारात्मक रुपले नै अगाडि बढिरहेको छ । पछिल्लो समय सहकारी ऐन २०७४ आए पछि यस अभियानले अझ फस्टाउने मौका पाएको छ । सरोकारवाला निकायहरु र अभियान बिच सुमधुर सम्बन्ध नै कायम भएको पाएको छु तर पनि कतिपय नितिगत समस्याहरु अझ पनि बाँकि छन । सहकारी ऐनसंग बाझिएका शिक्षा ,स्वास्थ, उद्योग लगायतका अन्य ऐनहरुको संशोधन आवश्यक छ । जसका कारणले सहकारीले अझ थुप्रै कामहरु ती क्षेत्रमा गएर गर्न पाईरहेका छैनन् । ऐनमा ब्यवस्था भएको स्थीरीकरण कोष, कर्जा सुचना केन्द्र लगायतको पनि कार्यान्वयन हुन सकेको छैन । पछिल्लो समय मर्जर र कार्य क्षेत्र बिस्तारको नाममा विकृति आउने खतरा बढेको देखेको छु । केहि ठुला भनाउँदा सहकारी संस्थाहरुले साना सहकारी संस्थाहरुलाई आवान्क्षीत रुपमा मर्जरको नाममा खरीद गरेर कार्यक्षेत्र विस्तार गरी रहेका छन् ।
जसले गर्दा भविष्यमा ठूलो खतरा आउन सक्ने मैले महशुस गरेको छु । सहकारीको मूल्य, मान्यता, सिद्धान्त र दर्शन विपरित गएर ठूलो कारोवार गर्ने होडबाजीमा सहकारी भित्र पनि एकाधिकार भित्रिने खतरा देखिएको छ । ग्रामीण क्षेत्रमा रहेका साना संघ संस्थाहरु बन्द हुने स्थिति आउन सक्छ । अस्वस्थ प्रतिष्पर्धा गरेर सहकारी भित्र पनि साहु÷महाजन प्रथा भित्रिदै छ । त्यसैले यसलाई तत्काल रोक्नु पर्दछ । सहकारीको साखा, प्रशाखा, काउण्टर, कलेक्सन सेन्टर खोल्ने जस्ता कार्यलाई रोक्नु पर्दछ र स्थानिय स्तरकै सहकारी संघ÷संस्थाको प्रर्वद्धन र विकासमा लाग्नु पर्दछ । यसो भयो भने मात्र सदस्यको पहँच पुग्दछ । यस तर्फ तत्काल अभियानको ध्यान जानु जरुरी छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

सहकारी संघ÷संस्थाहरुलाई राज्यले कानुन द्धारा अनुकुल वातारण बनाईदिने हो, अभियानले त्यसलाई प्रर्वद्धन, प्रचार प्रसार र संरक्षण गर्ने हो । यसो गर्न सके स्वत सहकारी संघ÷संस्थाको बिकास हुन्छ । सबैले आ–आफ्नो दायित्वलाई पूरा गनूपर्दछ । विकृति रहित सहकारी अभियान तथा सक्षम सहकारी संघ÷संथाको विकास गर्दै अगाडी बढ्ने अनि सबै नेपाली जनतालाई आवद्ध गराउदै जानु पर्दछ । यसका निमित्त सहकारी अभियान अझ चुस्त र जुझारु एवम् क्रियाशिल हुदै ग्रामीण क्षेत्रमा सहकारी संघ÷संस्था सम्म आफ्नो पहुँच विस्तारमा लाग्नु पर्दछ ।
यो लोकप्रिय संचार माध्यममा आफ्ना विचारहरु संक्षिप्त रुपमै भएपनि राख्न दिनु भएकोमा यहा लगायत सहकारी संजाल परिवारका सबै टिमलाई मुरीमुरी धन्यवाद दिदै विजया दशमी, शुभ दिपावली, छठ लगायतका पर्वहरुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । ्

Leave a Reply