बागमती प्रदेश बचत संघको प्रथम बार्षिक साधारण सभा मंसिर १८ मा हुँदै
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि।को प्रथम वार्षिक साधारण सभा यहि मंसीर १८ गते हुने जानकारी गराईएको छ । काभ्रेपलाञ्चोकको बनेपास्थित उग्रचण्डी बैंङ्क्वेटमा विहान ११स्०० बजेदेखि शुरु हुने सो साधारण सभामा आर्थिक वर्ष २०७७र०७८ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०७८र०७९ को प्रस्तावित नीति तथा कार्यक्रम , आर्थिक वर्ष २०७७र०७८ को आर्थिक प्रतिवेदन , आर्थिक वर्ष २०७७र०७८ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७७÷०७८ लेखा परीक्षण प्रतिवेदनको सम्बन्धमा छलफल हुने सोही संघका महासचिव जिवसराज खड्काले जानकारी दिएका छन्् । बनेपामा केन्द्रीय कार्यालय रहेको उक्त संघको काठमाडौंमा कर्पोरेट कार्यालय र हेटौंडामा सम्पर्क कार्यालय स्थापना गर्ने योजना रहेको सोही संघका अध्यक्ष उद्धव सापकोटाले सहकारी सञ्जाललाई जानकारी गराएका छन ् ।
