.सहकारीको विभागको सुचना कार्यान्वयन गरी छहारी सहकारी ११ बार्षिक साधारण सभा सम्पन्न
भक्तपुरको सुर्यविनयाक न.पा दधिकोटमा आफ्नै सुविधा सम्पन्न भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको छहारी बचत तथा ऋण सहकारी संस्थाको विश्वभर फैलिएको कोभिड–१९ का कारणको विषम परिस्थिति लाई मध्यनजर गर्दै सहकारी बिभाग बाट मिति २०७७ असोज १ मा जारी सहकारी को साधारणसभा सन्चालन सम्बन्धि सुचना बमोजिम उक्त संस्थाले ११ औं बार्षिक साधारणसभा यहि असोज २१ गते सम्पन्न गरेको छ ।
सो सस्थाका अध्यक्ष श्री कृष्णहरि खड्काको अध्यक्षता र सुर्यबिनायक नगरपालिकाका प्रमुख . बासुदेब थापाको प्रमुख आतिथ्यता, विशेष अतिथि सु न पा ७ का वडा अध्यक्ष श्री रबिन्द्र साफकोटा लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त सभामा संचालक समितीका सचिव श्री रामशरण प्रजापतिले बार्षिक प्रगती प्रतिबेदन पेस गर्नु गरेका थिए ।
सो सस्थाका कोषाध्यक्ष प्रबिन शंखदेबले आब २०७८÷७८ को आय ब्यय तथा आब २०७८÷७९ को अनुमानित आय ब्यय प्रस्तुत गरेका थिए ।
साथै उनले हाल सस्थामा ४५५५ जना शेयर सदस्य आबद्ध रहेको जानकारी समेत गराए ।
संस्थाका लेखा तथा सुपरिबेक्षण समिती सदस्य अनिता राउतले लेखा सुपरिवेक्षणको प्रतिबेदन प्रस्तुत गरेको हुन् ।
