शिवम् सहकारीले ग-यो १४ औं बार्षिक उत्सवको अवसरमा अनाथ आश्रम र विद्यालयलाई लाई सहयोग
काठमाडौंको चावहिलमा केन्द्रिय कार्यालय रहेको शिवम वचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो स्थापनाको १४ औं बार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरि सम्पन्न गरिएको छ ।
त्यसैगरी संस्थाले स्थापना दिवसको अवसर पारेर गोकर्णेश्वर उत्तरबाहिनीमा रहेको कान्तिभैरव गुरुकुल विद्यालयलाई आवश्यक पर्ने स्पिकर तथा अन्य संञ्चार सामाग्री सहयोग गरिएको र अनाथ वाल आश्रम द टुइन फाउन्डेशनमा कपनमा आवश्यकिय फनिचर सहयोग समेत गरेको संस्थाले जानकारी गराएको छ ।
सो बार्षिक उत्सव कार्यक्रममा डा. श्रीराम अधिकारीले गुरुकुलको बारेमा प्रकाश पार्नु भएको थियो ।
साथै संस्थाका कोषाध्यक्ष श्री रामहरि भण्डारी र सदस्य श्री गोविन्द बहादुर श्रेष्ठले गुरुकुल स्थापनाको बारेमा थप जानकारी दिनु भयो ।
त्यसैगरी सो उत्सव कार्यक्रममा उक्त संस्थाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष राजीव थापा, वर्तमान अध्यक्ष नवराज राउत, उपाध्यक्ष श्री सुनिल भट्ट, सचिव किरण खनाल, साथै कार्यसमिती सदस्य श्री केदार प्रसाद गुरागाई, विष्णु लम्साल, युवराज नेपाल, ब्यवस्थापक राजेन्द्र श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

