टेवा सहकारीले नमुनायोग्य कार्य गरेको छ ः मन्त्री भुषाल
ललितपुर महानगरपालिका वडा नं २३ टेवाचोकमा आफ्नै भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको टेवा बहुउद्देश्यीय सहकारी संस्था लि. ले २०७८ कार्तिक २७ गते शनिबारका दिन क्लासिक व्याङक्य्वेट हात्तिवन ललितपुरमा संस्थापक शेयर सदस्य सम्मान समारोह कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि रहेकी उर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुषालले उद्घाटन गरेकी थिईन् । सो कार्यक्रम उद्घाटनमा आफ्नो मन्तव्य राख्दै मन्त्री भुषालले यस टेवा बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै यो संस्था सदस्यहरुको सेवामा निरन्तर लाग्दै अग्रणी भूमिकामा अगाडि बढिरहेको जानकारी गराईन ् । साथै उनले सहकारी अभियानको विषयमा चर्चा गर्दै यस टेवा सहकारी पनि नमुनायोग्य सहकारी रुपमा स्थापित भईसकेको उनको थप प्रसंसा रहेको थियो ।
त्यसैगरी अतिथिहरुमा केन्द्रिय बहुउद्देश्यीय सहकारी संघ लि. का सचिव तथा प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष माधव प्रसाद तिमल्सिना जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल, राष्ट्रिय सहकारी बैंकका कार्यकारी प्रमुख अधिकृत बद्री कुमार गुरागाइर्, बहुउद्देश्यीय सहकारी संघ लि.ललितपुरका अध्यक्ष शरद कुमार महर्जन राष्ट्रिय सहकारी बैंक लगनखेल शाखाकी शाखा प्रमुख रमा घिमिरे लगायत विभिन्न संघ संस्थामा आाबद्ध प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा सोही संस्थाका अध्यक्ष कुमार गीरीले सभापतित्व ग्रहण गर्नुभएको थियो । साथै स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामेश्वर रोक्काले गर्नुभएको हो ।
साथै संस्थाले ४० जना सेयर सदस्यहरुलाई प्रमुख अतिथिबाट प्रमाण पत्र सहित सम्मान गरिएको थियोे ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण, सरसफाई, रक्तदान र स्वास्थ शिविर जस्ता सामाजिक कामहरु गर्दै आईरहेको छ । सो संस्थाले महिला सदस्य सुत्केरी हँुदा ९ हजारको दरले औषधी उपचार सुत्केरी पोषण दिने गरेको छ साथै टेवा स्वास्थ हित कोष अन्तर्गत औषधी अधिकतम उपचार खर्च ३०००० तीस हजारका दरले सदस्यहरु लाई दिने गरेको छ । संस्थाको सदस्यहरुको मृत्यु हँुदा काजक्रिया खर्च ३०,०००÷ तिस हजारका दरले दिँदै आएको छ ।
आफ्ना सदस्यहरुलाई मोबाइल बैन्किङ क्यु आर कोड एस.एम.एस का सुविधाहरु पनि दिदै आएको जानकारी सो संस्थाका ब्यवस्थापक रवि थापाले सहकारी सन्जाललाई जानकारी दिनुभयो
२०७८ असार मसान्तसम्म सेयर पुजी–२२ करोड ÷ बचत संकलन–१ अर्ब ५ करोड÷ ऋण लगानी– १ अर्ब ३ करोड÷ कुल कारोबार – १ अर्ब ४५ करोड रहेको संस्थाले यो बर्ष ४ करोड भन्दा बढी नाफा आर्जन गरेको छ ।

