सरोकार महिला साकोस रुपन्देहीको १० औं बार्षिक साधारण सभा सम्पन्न
रुपन्देहीको दुर्गानगरमा रहेको श्री सरोकार महिला बचत तथा ऋण सहकारी संस्था लि.१० औं बार्षिक साधारण सभा २०७८ मंसिर ४ गते शनिबारका दिन श्री दुर्गा मा.वि तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा कार्यक्रम सम्पन्न गरिएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद नेपालले उक्त सभाको उद्घाटन गर्नुभएको थियो ।
त्यसैगरी विशिष्ट अतिथिहरुमा रुपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश प्रसाद भट्टराई नेफ्सकुन बुटवल फिल्ड शाखा इन्चार्ज छ्त्र प्रसाद जैशी धमला, तिलोत्तमा नगरपालिका सहकारी विभाग प्रमुख कृष्ण प्रसाद पाण्डे तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सोहन प्रसाद थारु र अतिथिहरुमा महिमा बचत तथा ऋण सहकारी संस्थाका सचिव वेद प्रसाद न्यौपाने श्री दुर्गा मा.वि. का प्रध्यानाध्यापक नेत्र बहादुर के. सी सौगात महिला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सिता भुषाल साना किसान कृषि सहकारी संस्था रुपन्देहीका उपाध्यक्ष पार्वता रानाभाट सहितको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि नेपालले यस सरोकार महिला साकोसको १० औं बार्षिक साधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
त्यसैगरी सोही संस्थाकी अध्यक्ष सुमित्रा घिमिरेले सो सभाको अध्यक्षता गर्दै आर्थिक बर्ष ०७७÷०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साथै सो कार्यक्रममा संस्थाका जेष्ठ सेयर सदस्य लक्ष्मी भण्डारी संस्थाका अपाङ्ग सेयर सदस्य खगी थापा तथा असल बचतकर्ता मालती थारु असल ऋणि रुनु चौधरी थारु उत्कृष्ट ब्यवसायी मुक्ति थरुनीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
त्यसका साथै बाढी पीडित सेयर सदस्य ४ जनालाई आर्थिक सहयोग समेत गरिएको थियो ।
साथै संस्थाले सरस्वती आधारभुत विद्यालयमा २५००० को अक्षयकोष स्थापना गरिएको समेत जानकारी गराईएको छ ।
सो कार्यक्रमको स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष कमला पाण्डेले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका कोषाध्यक्ष सुमित्रा पाण्डेले गर्नुभएको हो ।
संस्थाको आर्थिक बर्ष २०७८ असार मसान्त सम्मको सेयर पुँजी– १ करोड २८ लाख ४७ हजार १ सय ७९ रुपैयाँ, ऋण लगानी– ६ करोड १२ लाख ७५ हजार ६२ रुपैयाँ, निक्षेप संकलन– ५ करोड ६४ लाख ५४ हजार ८३५ रुपैया, कुल कारोबार– ८ करोड ३१ लाख ५६ हजार ५८१ रुपैयाँ, खुद नाफा ४० लाख ९ हजार २ सय ५२ रुपैया सेयर सदस्य– ९५८ रहेको छ रहेको सोही संस्थाकी ब्यवस्थापक अनिता खरेलले सहकारी सन्जालका कार्यकारी सम्पादक ईश्वर ढुङ्गेललाई जानकारी दिनुभयो ।

