पर्साको उत्कृष्ट संस्था महालक्ष्मी सहकारी दियो सदस्यहरुलाई १८प्रतिशत लाभांश
पर्साको बिरगंज महानगरपालिका वडा नम्बर ६ मा रहेको महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा हिजो मंसिर ९ गते विहिबारका दिन गहवामाई मन्दिरको अतिथि सदनमा भव्य रुपमा सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रहेकी बिरगंज महानगरपालिका उपप्रमुख शान्ति कार्कीले उद्घाटन गरेकी थिईन ।
उक्त कार्यक्रमको उद्घाटन सभामा बोल्दै प्रमुख अतिथि कार्कीले संस्थाको २१ औं बार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै संस्थाले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पु¥याएको योगदानको प्रसंशा समेत उनले व्यक्त गरिन ।
त्यसैगरी विशिष्ट अतिथिमा पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पंडित बिरगंज महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धुब्र नेपाल, संस्थाका सदस्य वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपाली तथा विभिन्न सहकारी संघ संस्थामा आबद्ध प्रतिनिधिहरुको उल्लेख रुपमा उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको सोहि संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमले कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै ०७७÷ ०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
पर्सा जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा आफ्नो पहिचान बनाउँदै सदस्यहरुलाई निरन्तर सेवा प्रदान गर्दै आईरहेको उक्त संस्थाले सदस्यहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्न सफल भएको कुरा समेत उनले सभामा जानकारी गराएका थिए ।
साथै कार्यक्रमको स्वागत मन्तब्य प्रा.डा.दीपक शाक्यले राखेका थिए भने कार्यक्रम संचालन मोहन रन्जन प्रधानले गरेका थिए ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तरर्गत २१ औं बार्षिक उत्सवको अवसरमा गहवामाई मन्दिरको अतिथि सदनलाई पुर्नसंरचना गरी ६,००,०००( छ लाख)सहयोग गर्ने घोषणा समेत सो कार्यक्रममा जानकारी गराईएको छ ।
त्यसका साथै संस्थाले ईश्वरचन्द्र गौतमको अध्यक्षतामा ४ बर्षको लागि नयाँ सन्चालक समिति र प्रधुनम प्रसाद सेढाइको संयोजकत्वमा लेखा समिति चयन गरेको छ ।
साथै सो संस्थाले २ करोड ३८ लाख रुपैयाँ मुनाफा आर्जन सफल भएको समेत जानकारी गराईएको छ ।
संस्थाको आर्थिक बर्ष २०७८ असारमसान्त सम्म संस्थामा सदस्य संख्या २१००, सेयर पुजी– २ करोड १५ लाख, निक्षेप संकलन– २८ करोड, कर्जा लगानी– ३९ करोड र . कुल कारोबार– ४५ करोड पुगेको सोही संस्थाका ब्यवस्थापक जिपेन्द्र वर्माले सहकारी सन्जाललाई जानकारी दिनुभयो

