दाङको उत्कृष्ट संस्था राप्ती सहकारीले ग-यो ८ तले भवनबाट २४ औ बार्षिक साधारण सभा सम्पन्न

0 Shares

 

दााङको घोराही उप–महानगरपालिका घोराहीमा रहेको राप्ती बचत तथा ऋण सहकारी संस्था लि.को आफ्नै नवनिर्मित भवनमा यहि मिति २०७८ पौष १० गते शनिवारका दिन आफ्नो २४ औं बार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरिएकोे छ ।
उक्त साधारण सभाको उद्घाटन प्रमुख अतिथि समेत रहेका घोराही उप– महानगर सहकारी शाखा प्रमुख होमलाल भुषालले गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष भरत बहादुर बुढाथोकीले गर्नुभएको हो ।
सो उद्घाटन सभामा बोल्दै प्रमुख अतिथ भूषाले उक्त संस्थाले समुदायमा आधारित रहेर सदस्यहरुको सेवालाई निरन्तरता दिई सहकारी अभियानमा एउटा दरिलो खम्माको रुपमा आफुलाई स्थापित गर्न सफल भएको जानकारी गारउनुभयो । साथै संस्थाले आफ्नै सुविधा सम्पन्न भवनबाट २४ औं साधारण सभा सम्पन गरेकोमा आफुलाई खुशी लागेको बताउनुभयो ।
त्यसैगरी सो कार्यक्रममा बोल्दै सोहि संस्थाका अध्यक्ष बुढाथोकीले सदस्यहरुको साथ सहयोग र संस्थामा कार्यरत कर्मचारीहरुको कुशल व्यवस्थापनले गर्दा नै संस्थाले आफ्नो नवनिर्मित भवनबाट २४ औं बार्षिक साधारण सभा गर्न सफल भएकोमा खुशी व्यक्त गर्नु भयो ।
संस्थाले ४ बर्ष कार्यकाल रहने गरी भरत बहादुर बुढाथोकीको अध्यक्षतामा नयाँ संचालक समिति निर्विरोध समेत चयन गरेको छ ।
त्यसैगरी संस्थाको उपाध्यक्षमा रामबहादुर कुँबर, सचिवमा माधव प्रसाद गौतम, कोषाध्यक्षमा श्रीधर कुमार अधिकारी र सदस्यहरुमा रेशम बहादुर खड्का, दानबहादुर बुढाथोकी, गोदावरी श्रेष्ठ, इन्दिवरजीतसिंह कार्की, देवनारायण चौधरी, लिलाधर शर्मा र सनत गिरी रहनु भएको छ ।
लेखासुपरिवेक्षण समितिको संयोजकमा गोपाल गिरी र सदस्यहरुमा लालमणी लम्साल र सुनिल कुमार थापा रहनु भएको छ ।

२०५४ सालमा जिल्ला सहकारी कार्यालय दाङमा दर्ता भई १०७ जना सदस्यहरुबाट २० लाख ७६ हजार शेयरपूँजी संकलन गरी कारोबार संचालन गर्दै आईरहेको सो संस्थामा २०७८ मंसिर मसान्तसम्म आईपुग्दा संस्थाको शेयरपुँजी ६ करोड ६ लाख ६२ हजार, बचत संकलन १ अर्ब २० करोड, ऋण लगानी ९६ करोड, जगेडा कोष ६ करोड ८१ लाख रहेको छ भने संस्थामा हालसम्म १० हजार १ सय ३४ जना सदस्यहरु आबद्ध भईसकेका छन् ।
दाङ जिल्लाभर कार्यक्षेत्र बनाई दाङ जिल्लाकै नमुना सहकारीको रुपमा कार्य गर्दै आईरहेको सो संस्थाले घोराही उप– महानगरपालिका १४ मा २१ धुर जग्गामा अण्डरग्राउण्ड सहितको आफ्नो ८ तले भवन ५ बर्ष भित्रमा कार्य सम्पन्न गरी भवन उद्घाटन समेत गरिसकेको छ ।
संस्थाले हालसम्म दाङको तुलसीपुर, लमही र नारायणपुर गरी ३ वटा सेवाकेन्द्र मार्फत वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।
अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु समेत आयोजना गर्दै आईरहेको छ ।
त्यसैगरी संस्थाले आफ्ना सदस्यहरुलाई आवश्यकता अनुसारको सहकारी शिक्षा, गोष्ठी, तालिम जस्ता कार्यक्रमहरु पनि संचालन गरिरहेको छ ।
संस्थामा आबद्ध रहेका उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान गर्दै आईरहेको सो संस्थाले कोरोना माहामारीको समयमा पनि आफ्ना सदस्यहरुलाई व्याजमा हर्जना समेत छुट गराएको थियो ।
संस्थाले नेपाल पत्रकार महासंघ, जेसिस लगायतका केहि सामाजिक सेवामा कार्य गर्ने संस्थाहरुलाई आर्थिक सहयोग समेत गर्ने गरेको जानकारी गराएको छ ।
संस्थाले आगामी दिनहरुमा शेयरपुँजी, कारोबार र सदस्य संख्यालाई बृद्धि गर्दै लैजाने योजना समेत बनाएको सोहि संस्थाका व्यवस्थापक अमर बहादुर वलीले सहकारी सञ्जाललाई जानकारी गराउनु भएको छ ।

 

Leave a Reply