जय गणेश सहकारीको १२ औं बार्षिक साधारण सभा सम्पन्न
पर्साको बिरगंज महानगरपालिका वडा नम्बर ८ मा रहेको जय गणेश बचत तथा ऋण सहकारी संस्था लि. को १२ औं बार्षिक साधारण सभा हिजोे २०७८ साल मंसिर २४ गते शुक्रबार दिन टाउन हल पार्टी प्यालेस आदर्शनगर बिरगंजमा सम्पन्न भएको छ ।
सो कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. अध्यक्ष राजेश पंडित, विशिष्ट अतिथिमा यस संस्थाका संस्थापक अध्यक्ष तथा रास्ट्रिय सहकारी विकास बोर्डका निवर्तमान अध्यक्ष शम्भु प्रसाद गुप्ता, विरगंज महानगरपालिका वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष तथा समाजसेवी मदन प्रसाद शाह कानु, बिरगंज महानगरपालिका का स्थायी निजामती कर्मचारी संगठनका अध्यक्ष मुकेश गुप्ता तथा अतिथिहरुमा जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका महासचिव तथा को अपरेटिभ म्यानेजर्स क्लब पर्साका संस्थापक अध्यक्ष जिष्णु बराल÷ को अपरेटिभ म्यानेजर्स क्लब पर्साका अध्यक्ष तथा श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक चन्देश्वर प्रसाद चौरसिया÷ जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका उपाध्यक्ष तथा कोहिनुर बचत तथा ऋण सहकारी संस्थाका संचालक सदस्य अगसर अलि अन्सारी, रास्ट्रिय सहकारी बैंक बिरगंज शाखाका शाखा प्रमुख संजय कुमार महत्तो, बिरगंज बचत तथा ऋण सहकारी संस्था लि. बिस्को)का अध्यक्ष डिल्ली बिक्रम कार्की, सहकारी सन्जालका कार्यकारी सम्पादक ईश्वर ढुङ्गेल, सुनौलो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेश शाह, गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक रवि भुषण श्रीवास्तव, प्रतीक बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक इन्दु रंजितकार लगायत विभिन्न शिक्षाक्षेत्र तथा सहकारी अभियानका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि पंडितले यस संस्थाले सदस्यहरुको साथ सहयोगले नै संस्थाले आज प्रगति गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
साथै यस संस्थाले सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण समेत गरेको शुभकामना व्यक्त गर्नुभयो ।
प्रदेश नम्बर २ गरिब भएपनि सहकारीमा धेरै मानिसहरु जोडिएका छन् । मानिसहरु जुनसुकै सहकारीमा पनि सदस्य बन्नु पर्नेमा जोड दिनुभयो, पर्सा जिल्लामा रहेका सम्पूर्ण सहकारीकर्मीहरुलाई सक्रिय रुपमा अगाडि जानुपर्ने सुझाव दिँदै सहकारीको माध्यमबाट गरिबिको न्यूनीकरण भएकोमा उनको जोड थियो ।
संस्थाको आर्थिक बर्ष ०७७÷०७८ को बर्षिक प्रतिवेदन संस्थाका ब्यवस्थापक रामबाबु चौधरीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम संचालन उज्जवल शर्माले गर्नुभएको हो
आगामी दिनहरुमा संस्थाले मोबाइल बैन्किङ एस.एम.एस क्यु आर कोड जस्ता डिजिटल प्रविधिको माध्यमबाट सदस्यहरुलाई सेवा प्रदान गरिने जानकारी गराईएको छ ।
साथै सो कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मान उत्कृष्ट ऋणि उत्कृष्ट कार्य सम्पादन सम्मान समेत गरीएको थियो
सो कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य डा.संतोष कुमार शाहलाई मायाको चिनो समेत प्रदान गरिएको थियो साथै विशिष्ट अतिथि तथा अतिथिहरुलाइ समेत संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको हो ।
आर्थिक बर्ष २०७७÷२०७८ मसान्त सम्म सेयर पुँजी– ९७ लाख ५००,कर्जा लगानी– १० करोड ५७ लाख ७० हजार ६ सय ९८ रुपैयाँ, जगेडा कोष– ७ लाख ६५ हजार १ सय २८ रुपैया, कुल कारोबार– ९ करोड ८८ लाख ९० हजार ४ सय ७८ रुपैयाँ रहेको उल्लेख गरिएको छ ।
कार्यक्रम समापन संस्थाका अध्यक्ष ममता कुमारी गुप्ता द्वारा गरिएको थियोे ।

