पर्सा जिल्लाकै उत्कृष्ट संस्था श्रीनीधि सहकारीको १० औं बार्षिक साधारण सभा सम्पन्न, कारोबार उल्लेख्य प्रगति

पर्साको बिरगंज महानगरपालिका वडा नम्बर ६ स्थित आदर्शनगर बिरगंजमा रहेको श्रीनिधी बचत तथा ऋण सहकारी संस्था लि को १० औं बार्षिक साधारण मिति २०७८ पुष २४ गते शनिबारका दिन नगर सभागृह टाउनहल बिरगंजमा भब्यताका रुपमा सम्पन्न भएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रदेश नम्बर २ का भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यावदले गर्नु भएको थियो ।
सो उद्घाटन कार्यक्रमा बोल्दै प्रमुख अतिथि यादवले सहकारी क्षेत्रमा देखिएका समस्यालाई राज्यले सहयोग गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
साथै पर्सा जिल्लाकै नमुना सहकारी श्रीनिधि सहकारी भएकोले यस सहकारीमा सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न उहाँले आग्रह समेत गरे ।
साथै सो कार्यक्रममा विशिष्ट अतिथिहरुमा बिरगंज महानगरपालिकाका उप मेयर शान्ति कार्की, प्रदेश सभा सदस्य करिमा वेगम, बिरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतम, पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, गणपति चन्डी प्रसाद गण पर्साका प्रमुख सेनानी मनोज कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश वस्नेत, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पंण्डित, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्सकुनका संचालक सदस्य तथा लालिगुरास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरेराम पटेल र अतिथिहरुमा नेपाल सरकार स्वास्थ्य विभाग आपूर्ति महाशाखाको महाप्रबन्धक डा. सुरेन्द्र प्रसाद चौरसिया, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सचिव श्याम बन्जारा, बिरगंज महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धुव्र प्रसाद नेपाल, नेपाल रेड्क्रस सोसाइटी पर्सा शाखाका मन्त्री शैलेश चौरसिया, पर्सा बार एसोसियनका अध्यक्ष ओम प्रसाद गुप्ता, राष्ट्रिय सहकारी विकास बोर्डका पुर्व संचालक तथा जय गणेश बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार शम्भु प्रसाद गुप्ता, जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष असगर अलि अन्सारी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका कोषाध्यक्ष नगनारायण सिंह, को अपरेटिभ म्यानेजर्स क्ल्ब पर्साका संस्थापक अध्यक्ष तथा जिल्ला बचत तथा ऋण सहकारी संघका महासचिव जिस्णु बराल, को अपरेटिभ म्यानेजर्स क्लब पर्साका उपाध्यक्ष रवि भुषण श्रीवास्तव,राष्ट्रिय सहकारी बैंक बिरगंज शाखाका शाखा प्रमुख संजय कुमार महत्तो, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनका फिल्ड कार्यालय प्रमुख बृजेश कुमार गुप्ता लगायतका विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
.सो कार्यक्रममा सोहि संस्थाका अध्यक्ष प्रेम चुणामणी बज्राचार्यले द्वारा आर्थिक बर्ष ०७७÷ ०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साथै संस्थाले आगामी बर्ष ०७८÷०७९ मा आफ्नै जग्गाबाट भवन निर्माण गरी सदस्यहरुलाई सेवा दिइनेछ सदस्यहरुको सेवा सुविधाको निम्ति ३६५ दिन वित्तीय सेवा प्रदान गर्नेछ र संस्थाले आवश्यकता अनुसार ३ ओटा सेवा केन्द्र विस्तार गर्ने योजना रहेको छ संस्थाले श्रीनिधि एप मार्फत आएको कारोबार लाई थप विस्तार गर्ने र मोबाइल बैन्किङ एस एम एस कलेक्टर एपको प्रभावकारी बनाईने र एटिएम क्यु आर कोड सेवा सन्चालनमा ल्याई उत्कृष्ट शैक्षिक पुरस्कारलाई निरन्तरता दिई उत्कृष्ट बचत,बाल बचत जेष्ठ नागरिक बचत नारी बचत र ऋण कारोबार कर्तालाई अभिनन्दन पत्र प्रदान गरिने सो सभामा जानकारी गराईएको छ ।
संस्थाको असार मसान्तसम्मको सदस्य सङ्ख्या ४,९४५ रहेको छ भ सेयर पुजी– ४ करोड ४९ लाख २३ हजार ३ सय रुपैया, निक्षेप संकलन– ७१ करोड ५७ लाख ४७ हजार ४० रुपैयाँ, जगेडा कोष– ३ करोड १६ लाख ५७ हजार ८७३ रुपैया,ँँ कर्जा लगानी– ५६ करोड १९ लाख ९६ हजार ९५९ रुपैया र कुल कारोबार– ८४ करोड ८३ लाख ३० हजार ७ सय ६६ रुपैयाँ रहेको सोही संस्थाका ब्यवस्थापक चन्देश्वर प्रसाद चौरसियाले सहकारी सन्जाललाई जानकारी दिनुभयो ।
स्वागत मन्तब्य संस्थाका सल्लाहकार डा. सुरेन्द्र प्रसाद चौरसियाले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन रेडियो बिरगंजका समचार बाचक उज्जवल शर्माले गर्नुभएको थियो ।