रौतहटको बागमती सहकारीले गर्यो १३ औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

रौतहटको चन्द्रपुर नगरपालिका १ बाग्मती रहेको बाग्मती बचत तथा ऋण सहकारी संस्था लि को १३ औं बार्षिक साधारण सभा मिति २०७८ पुष २४ गते शनिबारका दिन बाग्मती माध्यमिक बिद्यालय रौतहटको प्राङ्गणमा सम्पन्न भएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहनु भएका चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष विर बहादुर रखालले गर्नुभएको हो ।
त्यसैगरी कार्यक्रमको अतिथिहरुमा उन्नतिशील महिला बचत तथा ऋण सहकारी संस्थाकी प्रतिनिधि सुभद्रा नेपाल, पदम कृषि सहकारी संस्थाकी अध्यक्ष यसोदा कोइराला, सृजनशिल युवा कृषि सहकारी संस्थाकी अध्यक्ष निरु श्रेष्ठ, बाग्मती माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक निर्मल कुमार खतिवडा, बाग्मती प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक गजेन्द्र प्रसाद यादव लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको उल्लेख्य रुपमा उपस्थिती रहेको थियो
सो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रखालले संस्थाको १३ औं बार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै संस्थाले सेयर सदस्यहरुलाई शिक्षा तथा जनचेतना सम्बन्धी प्रशिक्षण मुलक कार्यक्रम गरी सामाजिक कार्यमा सदस्यहरुलाई अगाडी बढाउनु पर्ने कुरामा जोड दिएका थिए ।
त्यसैगरी कार्यक्रममा सोहि संस्थाका अध्यक्ष पदम प्रसाद पहाडीले ०७८÷०७९ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले सदस्यहरुको साथ कर्मचारीहरुको कुशल व्यवस्थापनका कारणले गर्दा संस्था आजका दिनसम्म आईपुग्दा प्रगतिपथमा अगाडि बढिरहेको कुरा जानकारी गराउनु भयो ।
लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक डोलहरी नेपालले लेखा सुपरिवेक्षणको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
संस्थाले आगामी दिनमा सेयर सदस्यहरुको आर्थिक उन्नति लगायत सामाजिक कार्यक्रम गरी संस्थालाई विगतको तुलनामा भन्दा अझै बढी स्तरीय बनाउदै लैजाने संस्थाको योजना रहेको छ ।
संस्थाले कोरोना माहामारीको समयमा पनि सदस्यहरुलाई निरन्तर सेवा प्रवाह गरी सेवा दिदै आईरहेको थियो ।
संस्थाले विभिन्न रेमिट्यान्सका कम्पनीहरु संग सहकार्य गरी संस्थाका सेयर सदस्यहरु लाई रेमिट्यान्स सेवा पनि प्रवाह गर्दै आईरहेको छ
संस्थाको २०७८ असार मसान्तसम्मको सेयर सदस्य संख्या ६४९ रहेको छ भने सेयर पुजी– ८९ लाख २५ हजार ६०० रुपैया, कर्जा लगानी– ४ करोड ३ लाख ४३ हजार ६३६ रुपैया,ँ बचत संकलन– ३ करोड ९ लाख ७३ हजार ३४३ रुपैयाँ र कुल कारोबार– ५ करोड ४ हजार ७ सय ६ रुपैयाँ रहेको उक्त संस्थाका व्यवस्थापक नरेश प्रधानले सहकारी सञ्जाललाई जानकारी गराउनुभएको छ ।

Leave a Reply