ललितपुरको होम सहकारीको अध्यक्षमा पुनः महर्जन
ललितपुरको छ्यायवहालमा आफ्नै भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा मिति २०७८ पुस २३ गतेका दिन सम्पन्न गरिएको छ ।
सो साधारण सभाको उद्घाटन ललितपुर महानगरपालिका सहकारी शाखा अधिकृत चिरञ्जिवी पौडेलले गरेका थिए । सो उद्घाटन सभामा बोल्दै प्रमुख अतिथि पौडेलले उक्त संस्थाका सबै आर्थिक सुचांकहरुमा उल्लेख्य मात्रामा प्रगति भईरहेको कुरा जानकारी गराउँदै संस्थालाई सदस्यहरुको सेवामा रहेर ढुक्क सँग कारोबार गर्न आग्रह समेत गर्नुभयो ।
सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष मुकुन्द महर्जनले गर्नुभएको थियो । साथै संस्थाले पुनः ४ बर्षको लागि मुकुन्द महर्जनलाई नै अध्यक्षको जिम्मेवारी सुम्पिएको छ । सो जिम्मेवारी पाएसँगै महर्जनले संस्थाको कारोबारलाई उल्लेख्य मात्रामा बृद्धि गर्ने र संस्थालाई थप प्रगतिपथमा अगाडि बढाउँदै लैजाने बताएका छन् । साथै उहाँले सभामा उपस्थित सदस्यहरुलाई बार्षिक साधारण सभाको सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
सो सभामा अधिवक्ता रमिला शाक्य, पत्रकार सरदराज सुवेदी लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेका
सो संस्थाको कार्यक्रम सञ्चालन सोहि संस्थाकी सचिव शोभना थापाले गरेकी थिईन् ।
संस्थाको आ.व ०७७÷७८ मा ५ करोड ८१ लाख भन्दा माथि निक्षेप संकलन पुगिसकेको छ भने संस्थामा ६ सय ४८ सदस्यहरु आबद्ध भईसकेका छन् ।

