पश्चिम नवलपरासीको शुभेच्छा सहकारीको ९ बार्षिक साधारण सभा सम्पन्न

0 Shares

पश्चिम नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं.७ गुठी सूर्यपुरामा केन्द्रीय कार्यालय रहेको शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाकोे ९ औं वार्षिक साधारणसभा सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन संविधानसभा सदस्य देवकरण प्रसाद कलवार (सन्तु ) को गरेका थिए ।
सो उद्घाटन सभामा बोल्दै प्रमुख अतिथि कलवारले हरेक व्यक्ति सहकारीको सदस्य हुनुपर्दछ र आवश्यकता परेको अवस्थामा सहकारी संस्थाले समस्या टार्ने गर्छ त्यसैले गर्दा पनि सहकारी संस्थामा ढुक्क भएर कारोबार गर्न उनले सुझाव समेत दिएका थिए ।
सोहि अवसरमा संस्थाले संस्थाको बेलाटारी सेवा केन्द्र उद्घाटन कार्यक्रम समेत सम्पन्न गरेको छ ।
त्यसैगरी कार्यक्रमको अध्यक्षता साहि संस्थाका अध्यक्ष भगवन्त प्रसाद धवलको गरेका थिए ।
त्यसैगरी अतिथिहरुमा राष्ट्रिय सहकारी बैंकको संस्थापक सदस्य मुक्तिनाथ पाण्डे, नेपाली कांग्रेसका जिल्ला सचिव उमेश चन्द्र यादव, नेफ्स्कुन भुमही शाखा प्रमुख नेत्र सापकोटा, राष्ट्रिय सहकारी बैंक बर्दघाट शाखाका प्रतिनिधि, गण्डक नदि नियन्त्रण संघर्ष समिति संयोजक दूधनाथ गुप्ता लगायत विभिन्न संघ– संस्थाका प्रतिनिधिहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको उक्त संस्थाको आ.व २०७८ असारमसान्त सम्म १९करोड ५९ लाख १५ हजार १ सय ७४ रुपैयाँ ४७ पैसा बराबरको कारोबार पुगेको संस्थाको जानकारी गराएको छ ।

Leave a Reply