मितेरी कृषि सहकारीको ७ औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको मितेरी कृषि सहकारी संस्था लि. को २०७८ पौष २९ गतेका दिन ७ औं बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।
सो कार्यक्रमको उद्घाटन प्रतापपुर गाउँपालिकाकी कार्यवहाक अध्यक्ष अन्जु कुमारी चौधरीले गरेकी थिईन् ।
सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सुरेन्द्र चौधरीले गरेका थिए । सो सभामा बोल्दै आध्यक्ष चौधरीले सदस्यहरुको माया र कर्मचारीहरुको कुलश व्यवस्थापनले नै संस्था अगाडि बढिरहेको कुरा जानकारी गराएका थिए ।
त्यसैगरी संस्थाको कार्यक्रम संस्थाका सचिव प्रकाशचन्द्र पण्डितले गरेका थिए । संस्थाको लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन संस्थाका ब्यवस्थापक कृष्ण मोहन गुप्ताले पेश गरेका थिए ।
सो बार्षिक साधारण सभाको अवसर संस्थाले उत्कृष्ट ऋणि, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट शेयर सदस्य, जेष्ठ नागरिकलाई सम्मान समेत गरेको थियो ।
संस्थाले विद्यालयमा अध्ययरत केहि छात्राछात्रहरुलाई वेग, किताब कापी कलम समेत उपलब्ध गराएको थियो ।
संस्थाले आफ्ना सदस्यहरु सुत्केरी भएको अवस्थामा नगद ५०० सहित फलफुल लगायतका सामाग्रीहरु पनि दिने गरेको छ । सदस्यहरुको मृत्यु भएमा उनिहरुदाई नगद ५००० प्रदान गर्ने गरेको छ ।
संस्थाले प्रतापपुर गा.पा मा ६ कठठ जग्गा ५५ लाखमा खरिद समेत गरिसकेको छ । पछि भवन निर्माण गर्ने संस्थाको लक्ष्य रहेको छ ।
संस्थाले आगामी दिनहरुमा शेयर बृद्धि गर्ने अनुदानका कार्यक्रमहरु संचालन गर्ने लगायतका योजना बनाउँदै आईरहेको छ ।
२०७१ साल माघ २० गतेका दिन डिभिजन सहकारी कार्यालय परासीमा दर्ता गरी ७६ जना सदस्यहरुबाट रु २० लाख पुँजी संकलन गरी कारोबार शुरुवात गर्दै आईरहेको सो संस्थाको २०७८ पुस मसान्त सम्म आईपुग्दा शेयर पुँजी २७ लाख ५८ हजार रुपैया, बचत संकलन ३ करोड ४१ लाख, ७० हजार ९ सय ४८, कुल कारोबार ४ करोड ८ लाख ८४ हजार ६ सय ११ रुपैया, ऋण लगानी २ करोड २७ लाख ७६ हजार ४ सय १३ रुपैया, संस्थामा आबद्ध १ हजार ४ सय २३ जना सदस्यहरु आबद्ध भईसकेका छन् ।


संस्थाको कार्यक्षेत्र प्रतापपुर गाउँपालिका भित्र रहेको छ ।

Leave a Reply