चितवनको सुनचाँदी सहकारीले ग-यो अनाथ बालबालिका र बिरामीलाई आर्थिक सहयोग

0 Shares

चितवनको भरतपुुर नारयणगढमा रहेको चितवन जिल्लाका सुन व्यवसायीहरु द्धारा संचालित सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.को ९ औं वार्षिकोत्सव सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष बाबुराम रामदामले गर्नभएको थियो ।

सो बार्षिक उत्सवको अवसर संस्थाले भरतपुर १२ रहेको सानोघरलाई २१ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको जानकारी गराईएको छ । सो सहयोग रकमको चेक सानोघरकी अध्यक्ष विमला श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रम संचालन संस्थाका सचिव टुलक विकले गर्नु भएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रुविन रामुदामुले व्यक्त गर्नुभयो । साथै उहाँले संस्थाले गरेको उक्त उत्कृष्ट कार्य प्रति आफ्नो धारणा समेत राख्नुभयो ।

त्यसैगरी सानोघरकी संचालिका श्रेष्ठले सो अवसरमा बोल्दै संस्थाले गरेको यस उल्लेखनीय कार्यको प्रशंसा समेत गर्नुभएको हो ।

सोहि बार्षिक उत्सवकै अवसरमा संस्थाले माडी नगरपालिका ६ स्याउलिवास निवासी चिज कुमारी विकलाई व्रेन ट्युमरको उपाचारको लागि ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग समेत गरेको बताईएको छ ।


उक्त कार्यक्रममा सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष टेक बहादुर वि.क.ले यस्ता अनाथ अशाहाय बालबालिकाहरुलाई आर्थिक सहयोग गर्नु भनेको संस्थाको ठुलो उपलब्धीमुलक कार्य रहेको बताउनुभयो ।

सो कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक रमेश रामदामले गर्नुभएको थियो ।

Leave a Reply