रुपन्देहीको उत्कृष्ट संस्था टुगा आस्था विकास सहकारीको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न
रुपन्देहीको ओमसतिया गाउँपालिका १ कटैयामा केन्द्रिय कार्यालय रहेको रुपन्देहीकै नमुना सहकारी संस्था टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संस्था लि ले आ.व.२०७८÷०७९ को अर्धवार्षिक समिक्षा तथा आवधिक योजना (२०७७—२०७९) को पाँचौ समिक्षा बैठक आज सम्पन्न गरेको छ ।
सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष डी.बि.थापाले गर्नुभएको थियो ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका तिलोत्तमा नगरपालिका वडा न. १५ वडा अध्यक्ष खेमराज गुरुङले उद्घाटन गरेका थिए ।
सो कार्यक्रम रुपन्देहीको कोटिहवा स्थित लखन थापा मगर भवनमा सम्पन्न गरिएको हो ।
त्यसैगरी उक्त कार्यक्रमको स्वागत मन्तव्य सोहि संस्थाका उपाध्यक्ष परसुराम बास्तोलाले गर्नुभएको थियो ।
संस्थाको संचालक, लेखा, सल्लाहकार, उपसमिति र व्यवस्थापनको सहभागितामा सम्पन्न कार्यक्रममा ६७ करोड बराबरको वासलात रहेको पुंँजीको समग्र वित्तीय विश्लेषण गरिएको छ ।
साथै मौजुदा कोभिड तेस्रो भेरियन्टको कारण स्मार्ट लकडाउनको अवस्थामा सहकारी संस्थाको व्यवसायिक विश्लेक्षण समेत गरिएको हो ।
आवधिक त्रिबर्षीय रणनीति योजनाको उत्तरार्धमा रहेकोले हाँसिल प्रगति र बाँकी लक्ष्यप्राप्तिको बारेमा समिक्षा समेत गरियो ।
त्यसैगरी संस्थालाइ नीति, बिधि र प्रबिधिले संचालन गर्दा केहि सदस्यको असन्तुष्टि, गुनासो हुनु स्वाभिकै भएता पनि दिगो, सुलभ र सिघ्र सदस्यसेवा तर्फ अझै ध्यान जान जरुरी रहेको र वर्तमान अवस्थामा वित्तीय बजारमा वित्तीय तरलताको अपठ्यारोपनको कारण ऋण फिर्ती गतिमा पारेको प्रभाव बारे पनि प्रष्ट पारिएको थियो ।
६२ जना सहभागी रहेको उक्त कार्यक्रम संचालन संस्थाका सचिव जित बहादुर रास्कोटी र संस्थाको समिक्षागत सामग्री प्रस्तुति संस्थाका मुख्य प्रवन्धक लक्ष्मण कुमार थापाको गर्नुभएको हो
रुपन्देही जिल्लाकै नमुना सहकारी रुपमा स्थापित भई आफ्नो छुट्टै पहिचान बनाउँदै आईरहेको उक्त संस्थाले वित्तीय कारोबार सँगै आफ्ना सदस्यहरुको जीवन स्तर उकास्न ठूलो सहयोग समेत पु¥याएको छ ।
सहकारीको मुल्य, मान्यता र सिद्धान्तको पूर्ण पालना गर्दै अगाडि बढिरहेको सो संस्थाले बेला – बेलामा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु पनि संचालन गरिरहेको छ ।
आफ्ना सदस्यहरुको आवश्यकता मध्यनजर गरी संस्थाले रुपेन्देहीको ठूटीपीपल मा २ वटा र कोटिहवामा १ वटा गरी ३ स्थानमा सेवाकेन्द्र समेत संचालन गरी कारोबार गर्दै आईरहेको छ ।

