सर्लाहीको सगनु सहकारीले ग-यो ११२ औ नारी दिवसको अवसरमा महिल शसक्तिकरण कार्यक्रम

0 Shares

सर्लाहीको हरिवन नपामा रहेको सगनु बचत तथा ऋण सहकारी संस्था लि.ले ११२ औं अन्तराष्ट्रिय नारी दिवस सहकारीमा लैंगिक समानता तथा महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रिया गरि मनाएको छ सगुन साकोसको महिला उपसमितिद्वारा आयोजित कार्यक्रममा प्रमुख आतिथ्यता हरिवन नगरपालिकाको उप मेयर श्री रेनुका पौडेल रहनु भएको थियो । महिला उप– समिति संयोजक पदमा मोक्तान ज्युले अध्यक्षता गर्नु भएको थियो । संस्थाकी उपाध्यक्ष तारा देबी सुबेदीले संचालन गर्नु भएको कार्यक्रममा संचालक शुशिला सुनुवारले स्वागत मन्तब्य राख्नु भएको थियो ।

संस्थाका अध्यक्ष केशव प्रसाद ढकाल सचिव राज कु. उप्रेती, कोषाध्यक्ष विनोद कार्की, संस्थापक अध्यक्ष श्री बाबुराम घिमिरे, संचालक कमल विक्रम कार्की, हरि प्रसाद पुडासैनी र मुख्तार मिया मुकेरीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सगुन साकोसको विभिन्न समिति,महिला उप समति र महिला कर्मचारी गरि ३६ जनाको उक्त कार्यक्रममा सहभागिता रहेको थियो । यस अन्तरक्रियाबाट आगमी दिनमा यस्तो कार्यक्रम बृहत रुपमा गर्न सुझाव समेत प्राप्त भएको थियो

Leave a Reply