तेजवान बहुउद्देश्यीय सहकारी संस्थाले ग-यो आफ्ना बालबचत कर्ताहरुलाई शैक्षिक सामाग्री वितरण

0 Shares

काठमाडौं  महानगरपालिका १४ कुलेश्वरमा रहेको तेजवान बहुउद्देश्यीय सहकारी संस्था लि ले संस्थाको कार्यालय पांगणमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी आफ्ना बाल बचतकर्ता हरुलाई कपी पेन्सिल पुस्तक लगायतका शैक्षिक सामाग्री वितरण गरेको छ ।
सो कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै सोहि संस्थाका अध्यक्ष चन्द्रकुमार राईले सो शैंक्षिक सामग्री आफ्ना संस्थाका बाल बचतकर्ताहरुलाई वितरण गर्नु भएको हो ।
संस्थाले भोलिका दिनहरुमा पनि यस्ता खालका सामाजिक उत्तरदयित्व अन्तर्गतका कार्यक्रमहरुलाई थप प्राथमिकता दिने समेत जानकारी गराउनुभयो ।
संस्थाले बाल बचतकर्ताहरुलाई गरेको सो शैक्षिक सामाग्री वितरणबाट बाल बचत कर्ताहरुलाई पठनपाठनमा समेत  हौसला मिल्ने अध्यक्ष राईको थप भनाई  छ ।
अन्तराष्ट्रिय सहकारी मूल्य मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिँदै अगाडि बढ्ने समेत जानकारी गराईएको छ ।
सो कार्यक्रमको सहजीकरण सोहि संस्थाका प्रमुख कार्यकारी अधिकृत ईन्टर राईले गर्नुभएको हो ।

Leave a Reply