रुपन्देही बचत संघ (रुस्कुन) को आयोजनामा २ दिने कोपोमिस तालिम सम्पन्न
रुपन्देही बचत तथा ऋण सहकारी संघ (रुस्कुन) को आयोजनामा कोपोमिस तालिम सम्पन्न भएको छ ।
यहि मिति २०७९ जेठ २३ र २४ गतेका दुई दिन सम्म संचालन गरिएको सो कोपोमिस तालिमको औपचारिक रुपमा सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको अध्यक्षता सोहि संघका संघका संचालक एंव शिक्षा उपसमिति संयोजक भरतराज भुषालले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहनुभएका सोहि संघका अध्यक्ष प्रकाश भटराईले गर्नुभएको हो ।
कार्यक्रमको अतिथिहरुमा संघका उपाध्यक्ष कृष्ण चौहान क्षेत्री शिक्षा उपसमिति सदस्य बिष्णु बश्याल, प्रशिक्षक सि.न.पा सहकारी शाखा अधिकृत कमलकान्त खनाल लगायत रहनुभएको थियो ।
,कार्यक्रम संचालक सोहि संघकी व्यवस्थापक सर्मिला गौतम भट्टराई गरेकी थिईन् ।
सो कोपोमिस कार्यक्रमा विभिन्न ंसहकारी संस्थाका ४० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कोपोमिस तालिममा सहभागी प्रतिनिधिहरुलाई संघले प्रमाण पत्र समेत वितरण गरेको थियो ।

