सिदार्थ सहकारीले ग-यो बार्षिक उत्सवको अवसरमा रक्तदान सँगै उत्कृष्ट कारोबारकर्तालाई सम्मान

0 Shares

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुलेगौडामा मुख्य कार्यालय रहेको सिदार्थ बचत तथा ऋण सहकारी संस्थाले आफ्नो संस्थाको ८औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम यहि मिति २०७९ जेठ २१ गतेका दिन सम्पन्न गरेको छ ।
संस्थाको कार्यालय प्रांगणमा बिहान ७ बजे देखि १० बजेसम्म गरिएको सो रक्तदान कार्यक्रममा ४७ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । संस्थाले हरेक बर्ष आफ्नो बार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।
नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय कार्यालय कास्कीको प्राविधिक सहयोगमा सो रक्तदान कार्यक्रम गरिएको हो ।
सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष शिव बहादुर कार्कीले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा संस्थाका सदस्यहरु, समिति र उपसमितिका पदाधिकारीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
त्यसैगरी संस्थाले स्थापना दिवसकै अवसर पारेर जेठ २१ गते रक्तदान कार्यत्रम सम्पन्न गरी २२ गतेका दिन नेवार समाज भवन शुक्लागण्डकी नपा–४ दुलेगौडमा औपचारिक रुपमा आफ्नो ८ औं स्थापना दिवसको कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका संस्थाका जेष्ठ सदस्य शेषमणी आचार्यले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष कार्कीले गर्नुभएको हो ।
सो बार्षिक उत्सवको अवसरमा संस्थाले जेष्ठ नागरिक, धेरै पटक रेमिट्यान्स कारोबार गर्ने रेमिट्यान्स कारोबारकर्ता, संस्थामा उत्कृष्ट कारोबार गर्ने उत्कृष्ट कारोबारकर्तालाई सम्मान गर्नुका साथै रक्तदान गर्ने रक्तदाताहरुलाई समेत प्रंशसा पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य संस्थाका शेयर सदस्य महदत्त पोखरेलले राख्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष तिर्थराज गर्तौलाले व्यक्त गर्नुभएको हो ।
कार्यक्रम संचालन संस्थाका सचिव दिपक सापकोटाले गर्नुभएको थियो ।
सो उद्घाटन कार्यक्रमा बोल्दै संस्थाका कोषाध्यक्ष उदय पौडेले अहिले आर्थिक क्षेत्रमा तरलता अभाव कारण संस्थाको कारोबारमा समस्या आईरहेकाले संस्थामा आबद्ध शेयर सदस्यहरुलाई बचत संकलनमा जोड दिन आग्रह समेत गर्नुुभएको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक बाबुराम देवकोटाले गर्नुभएको थियो ।
तनहुँको शुक्लागण्डकी नपा पुरै कार्यक्षेत्र बनाई वित्तीय कारोबार गर्दै आईरहेको सो संस्थाको हालसम्म आईपुग्दा शेयरपुँजी ८ करोड, बचत संकलन १४ करोड, ऋण लगानी २१ करोड रहेको जानकारी गराईएको छ । संस्थामा हालसम्म महिला पुरुष गरी १३ सय भन्दा बढि सदस्यहरु आबद्ध भईसकेका छन् ।
सहकारी मुल्य मान्यता र सिद्धान्तको पालना गरी अगाडि बढ्दै आईरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै आईरहको छ ।

 

Leave a Reply