विश्व रक्तदाता दिवसको अवसरमा झापाको लक्ष्मी बेराङ सहकारीले ग-यो भव्य रक्तदान कार्यक्रम

0 Shares

झापाको दमक नपा ४ चियादोकान चोकबाट वित्तीय कारोबार गर्दै आईरहेको लक्ष्मी बेराङ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

हिजो मंगलबार विश्व रक्तदाता दिवसको अवसर पारेर संस्थाले सो खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
त्यसैगरी संस्थाले आफ्नै कार्यालय प्रांगणमा उक्त खुल्ला रक्तदान कार्यक्रम गरेको थियो ।
सो कार्यक्रमको उद्घाटन दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले गरेकी थिईन । कार्यक्रमको अध्यक्षता सोहि सस्थाका अध्यक्ष बुद्धिलाल धिमालले गर्नुभएको थियो । उक्त रक्तदान कार्यक्रमको सहकार्यता नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले गरेको थियो ।
त्यसैगरी ८२ औं पटक रक्तदान गर्ने रक्तदाता राजेश अग्रवालले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
सो कार्यक्रममा दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य असिम राई, धिमाल जातीय बिकास केन्द्रका पूर्व अध्यक्ष रामबहादुर धिमाल, नम्बरलाल धिमाल, त्रिवेणी अपाङग महिला सहकारी संस्थाका अध्यक्ष मदन बोहोरा, देवी बहादुर बस्नेत लगायतको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन सोहि संस्थाका सचिव मणिराज धिमालले गर्नुभएको थियो स्वागत मन्तइ संस्थाकी संचालक सदस्य शान्ति देवी धिमालल राख्नुभएको हो ।
कार्यक्रमको सहजीकरण संस्थाकी प्रबन्धक कमला विश्वकर्माले गर्नुभएको थियो ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै अगाडि बढ्दै आईरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिँदै आईरहेको छ ।

Leave a Reply