सुर्खेतको पिपलबोट सहकारी द्धारा अभिभावक बिहिन छात्रछात्राहरुलाई फलफुल र शैक्षिक सामाग्री

0 Shares

 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा वित्तीय कारोबार गर्दै आईरहेको  रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २०औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाएको छ ।

त्यसैगरी संस्थाले सो अवसरमा वीरेन्द्रनगर ४ मा रहेको साझा घर नेपालमा रहेका बालबालिकालाई शैक्षिक सामाग्री तथा फलफुल बितरण गरेको हो ।
त्यस साझा घर नेपालको कर्यालयमा अभिभावक विहिन ५४ जना बालबालिकालाई शैक्षिक सामाग्री तथा फलफुल वितरण गरिएको थियो ।
स्थापना दिवसकै अवसर पारेर संस्थाले वीरेन्द्रनगर ४ का टोल विकास संस्थाका प्रतिनिधि, जनप्रतिनिधि लगायतको उपस्थितमा वीरेन्द्रनगरको रातोपुल हुदै कालुचोकसम्म सरसफाई कार्यक्रम गर्नुका साथै दिपावली कार्यक्रम गरिएको बताईएको छ ।

त्यसैगरी दुईवटा छुट्टा छुट्टै कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर ४ का वडा अध्यक्ष्क्ष शेर बहादुर के.सी.ले सरसफाई कार्यक्रमको उद्घाटन गरेका थिए ।
त्यसैगरी कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष मनिराम भण्डारीले गर्नु भएको हो । संस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार शिव प्रसाद सापकोटाको पनि उपस्थिति रहेको थियो ।
शैक्षिक सामाग्री बितरण कार्यक्रममा संस्थाका सचिव गणेशमान खनालको सहभागिता रहेको थियो ।

सो सरसफाई कार्यक्रमा बोल्दै संस्थाका कोषाध्यक्ष खेमराज रावतले अहिले आर्थिक क्षेत्रमा तरलता अभाव बढ्न सक्ने भएकोले संस्थाको कारोबारमा आबद्ध शेयर सदस्यहरुलाई बचत संकलन गर्नमा जोड दिनुभयो ।
गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका प्रबन्धक रमेश खनालले गर्नुभएको हो ।

वीरेन्द्रनगर नपा कार्यक्षेत्र रहेको सो संस्थाको हालसम्म आईपुग्दा शेयरपुँजी १ करोड ८४ लाख, बचत संकलन ११ करोड, ऋण लगानी १३ करोड ५० लाख,संस्थागत पुँजी १ करोड ४१ लाख र संस्थाको कुल वासलात १६ करोड ६५ लाख रहेको जानकारी गराईएको छ । संस्थामा हालसम्म दुई हजार ५सय ५९ भन्दा बढी सदस्यहरु आबद्ध भईसकेका छन् ।
अन्तराष्ट्रिय सहकारी, मुल्य मान्यता र सिद्धान्तको पालना गर्दै अगाडि बढिरहेको सो सस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई हरेक बर्ष प्राथमिकताका साथ संचालन गर्दै आईरहेको छ ।

Leave a Reply