बुडोल सामुदायिक सहकारीको तामाघाट सेवाकेन्द्र उद्घाटन,
काभ्रेको बनेपा बुडोलमा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले
मिति द्दण्ठढ साउन ज्ञद्ध गते आफ्नो सेवा बिस्तारको क्रममा पाँचखाल नगरपालिका वडा नं. द्ध स्थित तामाघाट बजारमा आफ्नो चौथो सेवाकेन्द्र कार्यालयको औपचारिक सुभारम्भ गरेकोे छ । पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवारले उक्त सेवाकेन्द्र कार्यालयको भव्य समुद्घाटन गर्नु भएको थियो ।
त्यसैगरी सो समुद्घाटन पछिको कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्नुहुँदै उपप्रमुख दनुवारले बुडोल सामुदायिकले आफ्नो द्दद्द वर्षको छवीलाई कायम गर्दै समुदायमा आधारित रहेर सदस्यको आर्थिक हितको लागी पाँचखाल क्षेत्रको जनतालाई सरल र सहज सेवा प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको बिचार व्यक्त गर्नुभयो ।
संस्थाका सचिव जयराम थापाले संचालन गरेको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेम नाथ शर्मा कोइराला ले स्वागत मन्तव्य राख्नु भयो भने संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार रामहरि केसीले संस्थाको पृष्ठभूमि माथि प्रकाश पार्नु भएको थियो।
संस्थाको वर्तमान अवस्था तथा रणनीतिक लक्ष्यको संक्षेपीकरण सहितको संस्थागत प्रस्तुती निमित्त प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायमाझीले प्रस्तुत गर्नु भए पश्चात प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बिशाल हुमागाईले शुभकामना मन्तव्य राख्नु भयो भने कार्यक्रमको अन्त्यमा सभापतीको मन्तव्य र धन्यवाद ज्ञापन सहित संस्थाका अध्यक्ष कैलाश केसीले कार्यक्रम बिसर्जनको घोषणा गर्नुभएको थियो ।
कार्यालय सुभारम्भको अवसरमा पाँचखाल सेवाकेन्द्रमा साउन महिनाभरी आवद्द हुने सदस्यहरुलाई प्रवेश शुल्क छुट, बाल बचत कर्ताहरुलाई कपी पेन वितरण र रु. छण् हजार वा सोभन्दा बढी रकम सहित बाल आवधिक खाता खोल्ने सदस्यहरुलाई संस्थाबाट निःशुल्क खुत्रुके वितरण गर्ने व्यवस्था रहेको जनाईएको छ ।
