हेटौडा सहकारीको हरिकुञ्जरोडमा तेस्रो सेवा केन्द्र, आगामी बर्ष साँढे २ अर्ब कारोबार पु-याउने

0 Shares

मकवानपुरको हेटौडा उपमहानगरपालिका –७ नागस्वतीमा मुख्य कार्यालय रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि थप सेवा सदस्य स्वा केन्द्र हेटौडा २ हरिकुञ्ज रोडमा उद्घाटन गरेको छ । सो सेवा केन्द्रको उद्घाटन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठद्धारा उद्घाटन गरिएको हो । मकवानपुरको कमाने, हटिया चिसापानी, सेवा केन्द्र गरी अब संस्थाका ३ वटा सेवाकेन्द्र पुगेका छन् ।

त्यसैगरी सो सवाकेन्द्र उदघाटन कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतले गर्नुभएको हो । कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक रामशरण गौतमले गर्नुभएको थियो ।
कार्यक्रमको अतिथिहरुमा नेफ्स्कुन फिल्ड कार्यालय मकवानपुर प्रमुख ज्योति महत, राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, संस्थाका संचालक समितिका पदाधिकारी, विभिन्न समिति उपसमितिका सदस्यहरु, संस्थाका कार्यरत कर्मचारी लागयतहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।

संस्थाको हालसम्म ४७ करोड ५० लाख निक्षेप संकलन, ४ करोड शेयरपुँजी, जगेडा तथा अन्य कोषमा २ करोड ३८ लाख, ५६ करोड कर्जा लगानी रहेको छ भने संस्थामा हालसम्म ६ हजार १ सय ७३ जना शेयर सदस्यहरु आबद्ध भईसकेका छन् ।
साथै संस्थाले आगामी बर्ष साँढे दुई अर्ब पु¥याउने लक्ष्ष्य समेत लिएको छ ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रहरुलाई विशेष प्राथमिकता दिँदै आईरहको छ ।

Leave a Reply