सुर्खेतको शिखर सहकारीले सम्पन्न ग-यो ५दिने सञ्चालकहरुको क्षमता अभिवृद्वि तालिम
सुर्खेतको भेरीगंगा नपा ११ रामघाटमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्था लि को ५ दिने साकोस सञ्चालकहरुको क्षमता अभिवृद्वि -CUDCC) तालिम सम्पन्न गरिएकोे छ ।
त्यसैगरी संस्थाका अध्यक्ष भुपेन्द्र बहादुर सिंहले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएको थियोभने सो तालिमको उद्घाटन संस्थाका निवर्तमान अध्यक्ष खड्ग बहादुर चन्दले गर्नुभएको हो ।
संस्थाले आयोजना गरेको सो तालिमको नेफ्स्कूनले प्राविधिक सहयोग गरी सञ्चालन गरिएको हो । तालिमको सहजीकरण नेफ्स्कुनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिना र कार्यक्रम अधिकृत मनोज खड्काले गरेका हुन् ।
सो तालिममा जिल्ला सहकारी संघका प्रतिनिधि १ जना, सेयर सदस्य ३ जना, कर्मचारी २ जना, संस्थाको सञ्चालक समितिको तर्फबाट ७ जना, निवर्तमान अध्यक्ष, लेखा सुपरिवेक्षण समितिका १ जना र सेवा केन्द्र उप–समितिका २ जना गरी जम्मा १७ जनाको सहभागिता रहेको थियो ।
सो तलिममा सहकारी ऐन, नियम–कानुनका विषयमा विस्तृत रुपमा छलफलको भूमिका, ब्यवस्थापक र सञ्चालकहरुको आपसी सहकार्य, सिकाई व्यवस्थापनका लागि कार्ययोजना, सहकारी संस्था सञ्चालनमा सञ्चालकहरुको भूमिका, बजारीकरण, वित्तीय बजारमा साकोसले ओगटेको क्षेत्र, ऋण लगानी तथा असुलीमा सञ्चालकहरुको भूमिका, जिम्मेवारी र प्रभावकारिता, सदस्यहरुको आवश्यकता, साकोसमा वस्तु तथा सेवाहरुको विकास, भाखा नाघेको ऋण व्यवस्थापन, साकोसमा वित्तीय व्यवस्थापन र पर्ल्स विश्लेषण, सहकारीमा हुन सक्ने श्रोतको दुरपयोग र निराकरणका उपायहरु, मानव संशाधन व्यवस्थापन, रणनितिक योजना, साकोस सुशासन लगायतका विषय विशेष छलफल गरिएको थियो ।
सो तालिमममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो
