फेन्सी सहकारीले ग-यो चालु आ.व को वित्तिय लक्ष्य तथा कार्य विवरण हस्तान्तरण

चितवनको नारायणगढमा रहेको फेन्सी व्यवसायीहरुबाट संचालित फेन्सी बचत तथा ऋण सहकारी संस्था लि.को चालु आर्थिक वर्ष २०७९÷८० को लागि सञ्चालक समितिकबाट व्यवस्थापन प्रमुखलाई र व्यवस्थापन प्रमुखबाट विभागीय प्रमुख लगायत सबै जनशक्तिलाई वित्तिय लक्ष्य तथा कार्य विवरण हस्तान्तरण गरिएको छ ।
चालु आर्थिक वर्ष २०७९÷८० को लागि व्यवस्थापनलाई करिब ७३ करोडको वित्तिय लक्ष्य दिईएको छ ।
त्यसैगरी सो कार्यक्रममा सस्थाका अध्यक्ष मेघराज कँडेलबाट व्यवस्थापन प्रमुख ठुलोकान्छा भोम्जन (अमित) लाई र व्यवस्थापन प्रमुखबाट विभागीय प्रमुख लगायत सबै जनशक्तिलाई वित्तिय लक्ष्य तथा कार्य विवरण हस्तान्तरण गरिएको हो ।