मार्गदर्शन सहकारीले ग-यो स्थापना दिवसको अवसरमा पाठेघरको क्यान्सर सचेतना कार्यक्रम
चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तिचोकमा रहेको मार्गदर्शन बचत तथा ऋण सहकारी लि.को ११ औ स्थापना दिवस कार्यक्रम आज सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष कमल बहादुर थापाले गर्नुभएको थियो ।
त्यसैगरी स्थापना दिवसको अवसर पारेर संस्थाले चितवन मेडिकल कलेजमा महिला शेयर सदस्यहरुको लागि पाठेघरको क्यान्सर सचेतना कार्यक्रम पनि गरिएको हो । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बसन्त शर्माले सो प्रशिक्षण दिनुभएको थियो ।
सस्थाको आर्थिक बर्ष २०७८÷०७९ को वित्तीय विवरण र आगामी कार्यदिशाको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक गौतमले प्रष्ट पार्नुभएको हो ।
सस्थाका सचिव गनबहादुर श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रममा संस्थाकी महिला उप समिति संयोजक पवित्रा पुरीले सदस्यहरुलाई स्वागत गरेकी थिईन् । सो कार्यक्रममा संस्थाका उपाध्यक्ष डोलबहादुर गुरुङले सहभागी सदस्यहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
संस्थाले ११ औं स्थापना दिवसको अवसरमा २०७९ साउन २६ गते आदर्श गृह नेपालका हिसा पीडित महिला तथा वालबालिकाहरुको व्यवस्थापन सहयोग कार्यक्रम समेत गरेको छ ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै अगाडि बढ्दै आईरहेको सो संस्थाले सदस्यहरुलाई प्रविधिमैत्री रुपमा कारोबार गर्नको लागि निःशुल्क मोवाईल वैकिङ्ग, एटिएम कार्ड, क्युआर सेवा, ईटेलर, ईपेइमेन्ट सेवाहरु पनि संचालन गरिरहेको छ ।
भरतपुर महानगरपालिका वडा नम्वर १, ६ र १८ गरी ३ ओटा सेवाकेन्द्रमार्फत वित्तीय सेवा प्रदान गर्दै आईरहेको उक्त संस्थाको हालसम्म ६ हजार १ सय ८९ सदस्यहरु र ५३ करोड बराबरको कुल सम्पत्ति पुगिसकेको छ ।

