इटहरीको किसान कल्याण सहकारीले ग-यो युवा सहभागितालाई जोड दिदै युवा क्लब गठन

0 Shares

 

सुनसरीको इटहरी नपा एकम्बामा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले । साकोसमा आम युवाहरुको सहभागिता गराउने उदेश्यले “किसान कल्याण साकोस युवा क्लब“ गठन गरेको छ । उक्त कार्यक्रम संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता र प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतको सहजिकरणमा संस्थाको सभाहलमा सम्पन्न भएको हो ।
सहकारीमा युवाहरुको सहभागिता न्युन भईरहेको सन्दर्भमा आम युवाहरुलाई सहकारी प्रति आकर्षित गर्दै स्वरोजगार बनाउने उदेश्यका साथ संस्थाका १८–४० वर्ष उमेर समूह बीचका शेयर सदस्यहरु लाई लक्षित गरेर युवा क्लब गठन गरिएको हो । शेयर सदस्यहरुलाई हरेक सेवाकेन्द्र मा युवा क्लब मार्फत सक्रिय बनाई युवा सदस्यहरु बीच खेलकुद तथा अन्य सामिजिक कार्यक्रम मार्फत सक्रीय बनाउने, समाजमा सहकारी प्रतिको सकरात्मक दृष्टिकोण विकास गर्ने तथा बढीभन्दा बढी युवाहरुलाई संस्थामा आबद्ध गराउदै युवा प्रोत्साहन कार्यक्रमको खोजि गर्ने समेत कार्यक्रमको उदेश्य रहेको संस्थाले जानकारी दिएको छ ।
ईटहरी – १६, निवासी संस्थाका शेयर सदस्य गणेश बहादुर राउतको अध्यक्षता मा ११ सदस्यीय कार्यसमिति गठन भएको गरिएको हो । संस्थामा उत्कृष्ट कारोवार गर्ने युवा शेयर सदस्यहरू मध्येबाट हरेक वर्ष एक पुरुष एक महिला युवा शेयर सदस्यलाई Youth Member of The Year को रूपमा पुरस्कृत गरिने, यसरी पुरस्कृत युवा शेयर सदस्यलाई सदस्य ऋणी ग्रिनकार्डको व्यवस्था गरिने साथै सदस्य अवलोकन भ्रमणमा समेत सहभागी गराउदै युवा सदस्यहरुलाई आकर्षित गर्ने गरि कार्यविधि तयार गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिनुभयो ।
सबै युवा शेयर सदस्यहरुले किसान कल्याण साकोसले उपलब्ध गराउदै आएको गुणस्तरीय सेवा र संस्थाको समग्र जानकारी प्रत्येक युवा माझ पु¥याउँदै सहकारीमा युवा सहभागिता गराउन पहल गर्न प्रतिबध्द रहनुपर्नेमा संस्थाका नवनिर्वाचित अध्यक्ष गणेश बहादुर राउत ले जनाकारी गराउनु भएको छ ।

Leave a Reply