मंगलदीप सहकारीले नमुनायोग्य कार्य गर्दै आईरहेको छ ः थाहानगर प्रमुख विष्ट
ललितपुरको प्रयागपोखरीमा मुख्य कार्यालय रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्थाको ८ बार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ
सो कार्यक्रमको उद्घाटन मकवानपुरको थाहा नगरपालिका प्रमुख विष्णु विष्टले उद्घाटन गरेका थिए भने कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष नवराज विष्टले गर्नुभएको हो ।
सो उद्घाटन सभामा बोल्दै प्रमुख अतिथि विष्टले यस मंगलदीप बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको हितमा रहेर गरेको नमुनायोग्य कार्यको प्रंससा गर्दै साधारण सभाको सफलताको शुभाकामना व्यक्त गरेका थिए
त्यसैगरी सोहि संस्थाका अध्यक्ष विष्टले हाम्रो यस संस्थाको संचालक समितिका पदाधिकारी र विभिन्न समिति उपसमितिका सदस्यहरु र कुशल कर्मचारीहरुको व्यवस्थापनले गर्दा संस्थाले आज ८ औं बार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको कुरा बताउनुभयो ।
सोे कार्यक्रम संचालन संस्थाका सचिव प्रह्लाद महतले गर्नुभएको हो भने कोषध्यक्ष सुरेन्द्र श्र्ेष्ठले प्रतिवेदन पेश गर्नुभएको थियो ।
सहकारी मूल्य मान्यता र सिद्धान्तको पालना गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको सो संस्थाको आर्थिक बर्ष ०७८÷०७९को असार मसान्तसम्म २ करोड १६ लाख बचत तथा अन्य शिर्षक तर्फ १५ करोड ४८ लाख ,ऋण सुरक्षण कोष ४८ लाख ५१ हजार भै,लगानी तर्फ १६ करोड ३६ लाख तथा आम्दानी २ करोड ८१ लाख गरि खर्च तर्फ २ करोड ७३ लाख ,संभावित नोक्सानी फिर्ता ६ लाख ६६ हजार गरि १५ लाख ३ हजार मुनाफा गर्न सफल रहेको बताउदै आर्थिक बर्ष ०७८÷०७९ मा २० करोड ८० लाख ८४ हजार बराबरको आर्थिक कारोबार गर्न सफल रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
