सामुहिक सहकारीले सदस्यहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ः नेफ्स्कुन अध्यक्ष पौडेल

0 Shares

भक्तपुरको राम मन्दिरमा मुख्य कार्यालय रहेको सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. को २४औं बार्षिक साधारणसभा सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले गर्नुभएको थियो ।
उक्त ससभामा बोल्दै प्रमुख अतिथि पौडेलले यस समुहिक सहकारी संस्थाको नीति विधी प्रविधिमा रहेर सदस्यहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको जानकारी गराउनु भयो । साथै संस्थाको २४ औं बार्षिक साधारण सभाको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

त्यसैगरी सो कार्यक्रममा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का भक्तपुरका सञ्चालक कृष्णश्वरी प्रजापतिले सहकारी संस्थाले आर्थिक कारोवार मात्र नभई महिलाहरुका लागि सीपमूलक कार्यक्रम गरी व्यवसायिक बनाउने तर्फ पनि सहकारीको महत्वपूर्ण भूमिका निर्वाहगर्नुपर्ने जानकारी दिए ।
जिल्ला सहकारी संघ लि. भक्तपुरका उपाध्यक्ष कृष्ण बहादुर घजुले अहिले जति पनि संस्थाहरु बचत फिर्ता दिन नसकेर समस्यामा आएका संस्थाहरु छन त्यस मध्ये धेरै जसो संस्था गैर समुदायमा आधारित तथा सुशासनमा नचलेका संस्था रहेको आरोप लगाउनुभयो ।
साथै स्थानीय समुदायमा आधारित सहकारी संस्थाहरुमा कुनै समस्या नरहेको उनको तर्क समेत थियो ।

सो अवसरमा संस्थाले आ.व. २०७८।०७९ का उत्कृष्ट बचत कर्ता रामहरि श्रेष्ठ, असल ऋणी किशोर तखाछें र उत्कृष्ट कर्मचारी गिता गलजुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक कविन्द्र धौवन्जराले गर्नुभएको हो ।

Leave a Reply