भक्तपुरको शुभकामना सहकारीले १५ प्रतिशत शेयर लाभांश दिने

0 Shares

 

मिति २०७९।०५।२५ गते शनिवार । शुभकामना बचत तथा ऋण सहकारी संस्था लि। सूर्यबिनायक ६ भक्तपुरको २२औ वार्षिक साधारण सभा संस्थाका सल्लाहकार एवं पूर्व लेखा समिति सदस्य तथा संस्थापक र जेष्ठ सदस्य श्री बेलभक्त कोजू ज्यूको प्रमुख आथिथ्यता तथा संस्थाका अध्यक्ष श्री रामप्रसाद कासुला ज्यूको सभापतित्वमा सम्पन्न भयो । प्रमुख अतिथी कोजू ज्यूले संस्था स्थापनाकालको संघर्षलाई स्मरण गर्नु हुदै हालको सफलता प्रति खुशी व्यक्त गर्नुहुदै आगामी दिनमा थप सफलताको कामना व्यक्त गर्नु भयो । उक्त सभाको बिशेष अतिथी राष्ट्रिय सहकारी बैकका अध्यक्ष श्री के।बि।उप्रेति ज्यूले हाल सहकारी क्षेत्रमा नीति र बिधी अन्तरर्ग संचालित सहकारीहरुमा कुनै समस्या नरहेको तथा व्यक्तिगत मनोमानी तरिकावाट संचालित सहकारीहरुमा समास्याहरु आईरहेकोले चनाखो भएर अगाडी बढ्नु पर्ने धारणा राख्नु भयो । सोही सभामा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ९नेप्mस्कून० का संचालक जनक खत्री, जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्का तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक श्री बालमुुकुन्द उपाध्याय ज्यूले शुभकामना मन्तव्य राख्नु भएको थियो । सभामा यस आ।ब।का उत्कृष्ट बचतकर्ताहरु, असल ऋणीहरु, कक्षा ८, एस।ई।ई।, र १२ कक्षा उतिर्ण बालबचतकर्ताहरु तथा जेष्ठ सदस्यहरुलाई सम्मान गर्नुका साथै पुरस्कृत गरिएको थियो । सभामा संस्थापक अध्यक्ष स्व। कृष्णप्रसाद सुवालको तस्वीरमा माल्यार्पण गरी आ।ब।२०७८।०७९ मा दिवांगत भएका सदस्यहरुको सम्झनामा १ मिनेट मौन धारण गरि शुुरु भएको सभामा उपाध्यक्ष एवं साधारण सभा तयारी समितिका संयोजक निर्मला सुवालले स्वागत गर्नु भएको थियो । सभाले आ।ब।२०७८।०७९ को शेयर लाभांष १५ प्रतिशत बितरण प्रस्ताव पास गर्नुका साथै संस्थाका सचिव पुष्पलाल तिमिलाले प्रस्तुत गर्नु भएको आ।ब।२०७८।०७९ का बिभिन्न कार्यक्रमहरु तथा आगामी बर्षको नीति तथा कार्यक्रम र कोषाध्यक्ष बलराम जु श्रेष्ठले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र आगामी बर्षको अनुमानित बजेट लगायतका निर्णयहरु गरेको थियो । उक्त संस्था एशियाली ऋण महासंघ ९अक्कू० वाट ऐक्सेस सिल्भर ब्राण्ड २०१६ र २०१७ प्राप्त गर्न सफल समुदायमा आधारित संस्था हो ।

Leave a Reply