चितवनको सुनचाँदी सहकारीको १० औं बार्षिक साधारण सभा सम्पन्न अध्यक्षमा रुवीन रामुदामु चयन

0 Shares

चितवनको भरतपुर नारयणगढमा रहेको विशुद्ध सुनचाँदी व्यवसायीहरुद्धारा संचालित सुनचांँदी बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारण सभा हिजो सम्पन्न गरिएको छ ।
त्यसैगरी संस्थाले चौथो अधिवेशन पनि गरेको हो सो अवसरमा संस्थाको संचालक समितिको अध्यक्षमा रुवीन रामुदामुलाई चयन गरिएको छ ।
सञ्चालक समितिको उपाध्यक्षमा टुलक प्रसाद विश्वकर्मा, सचिव निलेनमान शाक्य, कोषाध्यक्षमा प्रेमप्रकाश रामदाम, सहसचिवमा ऋतु विश्वकर्मा र सह– कोषाध्यक्षमा बिक्रम घिमिरे चयन हुनभएको हो ।
त्यसैगरी सदस्यहरुमा उत्सव खाती ,रुपा बराली,सरिता भट्टराई वि.क., गुण बहादुर रामुदामु र जुना सुनार र लेखा समिति संयोजकमा त्रिलोक भि.के ,सदस्यहरुमा मोहन सुनार र आशिष रामदाम चयन भएको जानकारी गरार्ईएको छ ।
सो कार्यक्रमको प्रमुख आतिथ्यता भरतपुर महानगर सहकारी तथा रोजगार प्रर्वद्धन शाखाका प्रमुख रामबाबु पौडेलले गरेका थिए भने कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष बाबुराम रामुदामुले गर्नुभएको हो ।
सो सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पौडेलले सहकारी संस्थाहरुले सदस्यहरुको सेवामा सदैव लागिरहनु पर्ने र सहकारी शिक्षाको जनचेतना समेत फैलाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल सुनचांँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईली, जिल्ला सहकारी संघका वरिष्ठ सञ्चालक प्रमुख विष्णु प्रसाद वास्तोला चितवन बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुबेदी, नेपाल सुनचांँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य चित्र बहादुर विश्वकर्मा, सुनचांँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष जीवनज्योति सदाशंकर,सुनचांँदी व्यवसायी महासंघ वाग्मती प्रदेशका उपसभापति टेक बहादुर विश्वकर्मा, नेफ्स्कुनका कार्यक्रम अधिकृत सुरज चालिसे ड दिनुभयो मेगा बैंक नारायणगढ शाखाका प्रमुख लक्ष्मी थपलिया, सुनचांँदी व्यवसायी संघ,चितवनका पूर्व अध्यक्ष यम बहादुर विक, राष्ट्रिय सहकारी भरतपुर शाखा प्रमुख सन्तोष ढकाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका कार्यालय प्रमुख रमेश रामदाम ले गर्नुभएको थियो ।

Leave a Reply