बचन सहकारीको अध्यक्षमा खनाल चयन

0 Shares

काठमाडौं महानगरपालिका वडा नं.३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा मुकुन्दराज खनालको अध्यक्षतामा सञ्चालक समिति र विमोल भेटवालको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरी शनिबार काठमाडौंको सोह्रखुट्टेस्थित नयाँबजार मल्टी भेन्युमा सम्पन्न भएको छ ।
त्यसैगरी सञ्चालक समितिको उपाध्यक्षमा डा.लक्ष्मण शाक्य , सचिवमा अर्जुनप्रसाद रिमाल , कोषाध्यक्षमा पुरुषोत्तम गिरी र सदस्यमा दीपेन्द्र फुयाल , राजेन्द्र लुइटेल , शान्ता गौतम , मनोहरि तिवारी , सरस्वती महर्जन , रामेश्वर कनौजिया , सुरेश धिमाल , चन्द्रकुमार वाग्ले , संजय धिताल र प्रबन्ध निर्देशक डा.देशमर्दन बस्न्यात रहनुभएको छ ।
लेखा सुपरीवेक्षण समिति सदस्यमा विनादेवी गोर्खाली र माधवप्रसाद तिमिल्सिना हुनुहुन्छ ।
सोही संस्थाका अध्यक्ष सुरज के.सी.ले उक्त संस्थाको सञ्चालक समितिको तर्फबाट कार्यक्रम, बजेट तथा व्यवस्थापकीय प्रणाली प्रतिवेदन ,२०७८÷०८९ प्रस्तुत गर्दै शेयर सदस्य महानुभावहरुको अपार स्नेह , साथ र सहयोग एवं कर्मचारीहरुको मेहनत र परिश्रमले गर्दा नै हाम्रो यो संस्था निरन्तर प्रगति पथमा अगाडि बढिरहको भन्दै सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।
सो सभामा संस्थाका सचिव अर्जुनप्रसाद रिमालले संस्थाको कार्यक्रम , बजेट तथा व्यवस्थापकीय प्रतिवेदन,२०७८÷०७९, कोषाध्यक्ष पुरुषोत्तम गिरीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिकी संयोजक सरस्वती महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरियो ।
त्यसै संस्थाका प्रबन्ध निर्देशक डा. देशमर्दन बस्न्यातले हाम्रो यो वचत बचत तथा ऋण सहकारी संस्था लि.को गतिविधिको बारेमा प्रकाश पार्दै समयमा जोखिमको पहिचान र सुपरीवेक्षण नभएका सहकारी संस्था समस्या परेको देखिएको छ तर हाम्रो वचन बचत तथा ऋण सहकारी संस्थामा त्यस्तो कुनै पनि समस्या नरहेकोले शेयर सदस्य ज्यूहरु ढुक्क भएर यस संस्थामा कारोवार गर्न आग्रह गर्नुभयो ।
सो सभामा संस्थाका उपाध्यक्ष मुकुन्दराज खनाल , ऋण उप–समिति संयोजक शान्ता गौतम , शेयर सदस्य विष्णुभक्त तिमिल्सिना र कोधरहित संसारका उपाध्यक्ष डा.लक्ष्मण शाक्यले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै सो संस्थाको थप प्रगतिको कामना दिनुभयो ।v

Leave a Reply