भद्रावती सहकारीले ग-यो १३ औं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरमा रहेको भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण
सभा संस्थाका अध्यक्ष जयबहादुर खड्काको अध्यधतामा सम्पन्न भएको छ । उक्त साधारण सभाको उद्घाटन महानगरपालिका वडा नं.३२ का वडाध्यक्ष नवराज पराजुलीले गरेका थिए ।
त्यसैगरी संस्थाका सचिव केदारबहादुर कार्कीले सञ्चालन र कार्यकारी प्रमुख पदम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको यो साधारण सभामा शिवशक्ति बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कोषबहादुर खड्का , लापिलाङ्ग सामाजिक सेवा समितिका अध्यक्ष विवेककुमार श्रेष्ठ र नेपाली ओलम्पियन राजकुमारी पाण्डेले शुभकामना व्यक्त गरेका थिए ।
उक्त संस्थाको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८÷०७९ वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सबै साथ र सहयोगले सहकारीको सिद्धान्त , संविधान , ऐन र नियम भित्र रहेर सञ्चालन भइरहेको हाम्रो यस भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्य महानुभावहरुलाई सम्मानजनक सेवा प्रवाह गर्न सफल भएको जानकारी गराईएको छ ।
सो अवसरमा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक गणेशबहादुर ठकुरी शाहीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
