स्वस्तिक सहकारीको २३ औँ साधारण सभा सम्पन्न, एटिएम सेवा पनि संचालनमा

0 Shares

 

सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको आज २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बेनीबहादुर कार्कीको अध्यक्षता तथा ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । संस्थाले गत आर्थिक वर्ष २०७८÷०७९ मा कूल २७ करोड ७४ लाख ६ हजार ८६५ रुपैयाँ कारोवार गरी ९३ लाख १४ हजार ८४ रुपैयाँ खुद मूनाफा आर्जन गरेको संस्थाका व्यवस्थापक विनोदकुमार थापाले जानकारी दिनुभयो । ्
संस्थाले साधारण सभासँगै २३ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान शिविरमा ४१ जनाले रक्तदान गरेका छन् भने सोहि दिनबाट एटिएम सेवा समेत सुरु गरिएको छ । सभामा उत्कृष्ट नियमित बचतकर्ता, ऋण लिएर उत्कृष्ट व्यवसायी गर्ने, संस्था स्थापना कालमा योगदान पु¥याउने संस्थापक सदस्य र समाजमा विशेष योगदान पुर्याउने नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाका सभापति ध्रुवकुमार घिमिरेलाई सम्मान गरेको छ ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना ग र्दै अगाडि बढ्दै आईरहेको सो संस्था सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई समेत विशेष प्राथमिकता दिँदै आईरहेको छ ।

Leave a Reply