उद्यम विकास सहकारीको १५ औं बार्षिक साधारण सभा सम्पन्न, संस्था एकिकरणलाई जोड दिने

0 Shares

काभ्रे जिल्लाको पनौती नगरपालिकामा रहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा आज मिति २०७९ साल असोज १० गते सोमबारका दिन पनौती ब्याङक्वेट पनौतीमा भब्य रुपमा सम्पन्न भएको छ ।
सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफस्कुन) का महासचिव दामोदर अधिकारीले गरेका थिए ।
त्यसैगरी कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष रोशन कुमार श्रैष्ठले गर्नुभएको हो ।
कार्यक्रमको विशिष्ट अतिथिहरुमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन) का अध्यक्ष उद्घव सापकोटा,जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा र अतिथिहरुमा काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सह सचिव विकास वादे, सोहि संस्थाका सल्लाहकार शिवजी सापकोटा,पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना,सहकारी सञ्जालका मासिकका कार्यकारी सम्पादक ईश्वर ढुङगेल लगायत विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
सो सभामा बोल्दै प्रमुख अतिथि अधिकारीले सहकारीमा सदस्य र संचालकको साथ सहयोग हुनुपर्दछ । साथै सदस्यहरुलाई आवश्यक नीति नियम र छलफल गरी संस्थालाई सल्लाह सुझाव दिने नियमित रुपमा बचत गर्ने बैंक वित्तिय क्षेत्रमा भन्दा सहकारी संघ संस्थामा कारोबार गर्न सदस्यहरुलाई आग्रह समेत गरेका थिए ।
त्यसैगरी संस्थाका अध्यक्ष श्रेष्ठले सदस्यहरुको सन्तुष्टि नै हाम्रो सेवा हो सदस्यहरुलाई सेवामा विस्तार गर्दै जाने कारोबार दिनानुदिन बढदै लैजाने नेफस्कुनको कवर्स सफलता पुर्वक सम्पन्न गरी प्रोवेसनमा आवद्ध भएका छौ समय समयमा कर्मचारीहरुलाई शिक्षा तालिम भ्रमणहरुमा समेत सहभागी गराएका छौ त्यसैगरी आगामी दिनमा संस्थाले सेवालाई विस्तार गर्दै सेवा केन्द्र खोल्ने कार्यक्षेत्र विस्तार गर्ने संस्था एकीकरण गर्ने कारोबारलाई अगाडि बढाउदै लैजाने लक्ष्य रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका सचिव ऋषिराम सापकोटाले पेश गर्नुभएको थियो साथै स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष सुनिल सुन्दर सैंजुले गर्नुभएको हो ।

कार्यक्रममा एसईई सम्मान तथा प्रोत्साहन १९ जना छात्र छात्राहरुलाई प्रमुख अतिथि द्वारा सम्मान गरिएको हो साथै वृद्ध सम्मान राम बहादुर थापा,तुला कुमारी तिमिल्सिना लाई गरिएको थियो भने उत्कृष्ट बचतकर्ता दिल प्रसाद खडगी,उत्कृष्ट ऋणि प्रेम प्रसाद तिमिल्सिना,उत्कृष्ट बाल बचतकर्ता आयुष थापा,उत्कृष्ट खुत्रुके बचतकर्ता लाई सम्मान सहित पुरस्कार वितरण गरिएको हो साथै सो कार्यक्रम सहजीकरण संस्थाका ब्यवस्थापक उत्तम श्रेष्ठले गर्नु भएको थियो ।
२०७८ ÷०७९ असार मसान्तसम्म संस्थाको सदस्य संख्या ४,२५५ जना रहेका छ्न भने शेयर पुँजी ४ करोड २२ लाख ७७ हजार २०० रुपैयाँ,कुल निक्षेप ३९ करोड ५० लाख ३५ हजार ६६७ रुपैया,ँ ऋण लगानी ३७ करोड २६ लाख ३७ हजार ७३६ रुपैयाँ,कुल कारोबार ५३ करोड ४७ लाख ७७ हजार ३५२ रुपैयाँ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

Leave a Reply