सहकारी व्यवस्थापन प्रमुखहरुको गोष्ठी आजबाट शुरु ः बचतमा २५ लाखको सिमा हटाउन जोडदार माग ः
नेपालभरका सहकारीका व्यवस्थापक प्रमुखहरुको गोष्ठी आजबाट काठमाडौंको सोल्टी होटलको सभाहलमा शुरु गरिएको छ । यो गोष्ठी भोली सम्म चल्ने छ ।
सो गोष्ठीमा देशभरका व्यवस्थापक प्रमुख हरुको सहभागिता रहेको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा सो गोष्ठी गरिएको हो । सो गोष्ठीमा सहभागी वक्ताहरुले सहकारी संस्था व्यवस्थापनमा सहकारी व्यवस्थापकहरुले गर्नु पर्ने काम कर्तव्य र अधिकारको विषयमा विभिन्न सल्लाह सुझावहरु प्रस्तुत गरेका छन् ।
सो कार्यक्रमा सहकारीको बचतमा २५ लाखको सीमा तोक्ने कार्यमा सरकार आघि बढेकोको यस्तो सिमा तोक्दा सस्था संचालन गर्न कठिनाई हुने भएकाले यो सिमा तत्काल हटाउनु पर्ने उनिहरुको माग रहेको छ ।
आजबाट शुरुभएको सो कार्यक्रमको उद्घटन प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले गर्नुभएको हो ।
सो उद्घाटन कार्यक्रममा बोल्दै सभामुख घिमरेले सहकारी संस्थालाई सहकारी मुल्य मान्यता र सिद्धान्त अनुरुप संचालन गर्नको लागि राज्यले स्पष्ट रुपमा ऐन काननु बनाउनु पर्ने अवस्था आएकोले त्यसका लािग राज्य लागिपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडाल, सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मी सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे,नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल लगायतका वक्ताहरुले सहकारी सस्थाका विषयका व्याख्या विश्लेषण गरेका थिए ।
