हिमचुली सहकारी गोरखाले ग-यो ३० औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम

गोरखाको गोरखा नगरपालिका वडा नं ७ मा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाले ३० औँ स्थापना दिवस विविध कार्यक्रमहरु गरी सम्पन्न गरिएको छ ।
संस्थाले स्थापना दिवसको अवसरमा “समृद्ध नेपाल सुखी नेपाली, दरिलो आधार बचत सहकारी” विषयक गोरखा नगरपालिका स्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
उक्त वक्तृत्वकलामा महालक्ष्मी मावि लक्ष्मीबजार पहिलो, मोर्डन सेकेण्डरी स्कूल दोस्रो, नवज्योति मावि डण्डीडाँडा तेस्रो र द वल्ड क्यापिटल माविका विद्यार्थीले सान्त्वना स्थान हाँसिल गरेका थिए ।
वक्तृत्वकला कार्यक्रममा ९ वटा विद्यालयहरुको सहभागिता रहेको संस्थाका ब्यवस्थापक प्रेम श्रेष्ठको भनाई छ ।
कार्यक्रममा संस्थाका ८४ वर्ष कटेका सदस्यहरुमध्ये विष्णुहरि मरहट्टालाई पाँच हजार नगद, हर्लिक्स र दोसल्ला सहित सम्मान गरिएको थियो ।
जेष्ठ महिला सदस्य सुमित्रा आचार्य र जेष्ठ पुरुष सदस्य जगतबहादुर राना गरी २ जना, असल ऋणी रामजी श्रेष्ठ, शिला थापा र गणेश कुमारी श्रेष्ठ समेत ३ जना र असल बचतकर्तामा थिरभक्त श्रेष्ठलाई प्रमाण पत्र र दोसल्ला सहित सम्मान गरिएको उनले जानकारी दिए ।
त्यसै गरी शेयर सदस्यका नाति नातिनी र छोरा छोरीहरु मध्येबाट कक्षागत रुपमा उत्कृष्ट अंक प्राप्त गर्ने कक्षा १ देखि कक्षा १२ सम्मका २० जना विद्यार्थीहरुलाई सम्मान पत्र र नगद पुरस्कार प्रदान गरिएको थियो भने संस्थाका सदस्यहरु मध्येबाट विद्यावारिधि गर्ने सुरेश मरहट्टालाई समेत सम्मान गरिएको सहकारीले जनाएको छ ।
सोही अवसरमा हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मोवाइल बैंकिङ्ग सेवा सुरु गरेको संस्थाका ब्यवस्थापक प्रेम श्रेष्ठले बताए । फागुन महिना हिमचुलीको स्थापनाको महिना भएकोले फागुन महिनाभर सदस्य बन्नेहरुलाई रु चारसय ५० छुटको ब्यवस्था गरेको समेत उनले जानकारी दिए ।
संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षता तथा नगर प्रमुख कृष्णबहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष सुशील अर्याल, जिल्ला सहकारी संघका अध्यक्ष बाबुराम कोइराला, गोरखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका लेखा सुपरिवेक्षण समितिका संयोजक भीमबहादुर खत्री र डाक्टर सुरेश मरहट्टा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमलाई संस्थाका सचिव सहदेव प्रसाद श्रेष्ठले सहजीकरण गर्नु भएको हो ।