सर्लाही बचत संघको अध्यक्षमा आचार्य निर्वाचित, सचिवमा केशव ढकालले ल्याए सबैभन्दा बढि मत

0 Shares

 

जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीको नया संचालक कार्यसमिति चयन गरिएको छ ।

सर्लाहीको सदरमुकाम मलंगवामा यहि मिति २० ७९ चैत्र ११गते  शनिवार सम्पन्न भएको हो ।
सो निर्वाचनमा ३७ मत प्राप्त गर्दै नेत्रगञज बचत तथा ऋण सहकारी सस्थाकी अध्यक्ष मन्दिरा आचार्य संघको अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।
सो निर्वाचनमा अर्का अध्यक्षका प्रतिस्पर्धी हरेन्द्र राउतले ३० मत प्राप्त गरेका थिए ।
संघको सचिव पदमा सर्लाही जिल्लाकै नमुना सहकारी सगनु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव ढकाल चयन हुनु भएको छ । ढकालले ३९ मत ल्याई विजयी हुनु भएको थियो ।
त्यसैगरी, उपाध्यक्षमा धनेश्वर महतो, कोषाध्यक्षमा लालबाबु महतो र लेखा समितिको सदस्यमा महादेव साह र ललितादेवी महतो सर्वसम्मत रुपमा निर्विरोध चयन भएका हुन् ।
संघको ससदस्यहरुमा बेचुप्रसाद तिमल्सिना, चेतप्रसाद तिमल्सिना, दिनेश्वर राय,भवानी घिमिरे र पाचु महतो निर्वाचित भएका छन्
लेखा समिति संयोजकमा चमेली बचत तथा ऋण सहकारी संस्थाका सचिव भरत शाह चयन भएका हुन् ।
जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीमा १२० वटा सहकारी दर्ता भएका छन् । जसमध्ये ७० वटा नवीकरण भएका छन् ।

सो संघमा नवीकरण भएकामध्ये ६८ वटा संस्थाले मतदानमा भाग लिएको जानकारी गराईएको छ ।

Leave a Reply