सहकारी भनेको के हो ?

0 Shares
दिपक महर्जन
टौदह साकोस
काठमाडौं
सहकारीको भावना अनुरुप यदी संस्था संचालन भएको भए आज सायद यस्तो विकराल समस्या आउँदैनथ्यो होला । तैपनि, वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएको समस्यालाई सहजिकरण गर्नको लागि हामी सहकारीकर्मीहरुले निम्न आधारभूत कुराहरु सहज र सरल तरिकाले बुझने हो भने केही हद सम्म भए पनि सहज गर्न सकिन्छ कि ∕

सहकारी भनेको के हो ?
सदस्यताको संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्यणबाट संचालित ब्यवसायकमार्फत आफना साझा र्आिर्थक, सामाजिक, सांस्कृितक तथा वातावरणीय आवश्यकता एवं आकांक्षाहरु पूरा गर्न स्वेच्छिक रुपमा एकजुट हुने ब्यक्तिहरुको स्वायक्त संगठन नै सहकारी हो ।

सहकारीका मूल्यहरु के के हुन ?
✓आधार मुल्यहरुः स्वावलम्वन, स्वउत्तरदायित्व, लोकतन्त्र, समानता, समता र ऐक्यवद्धता ।
✓नैतिक मुल्यहरुः इमान, खुलापन, सामाजिक उत्तरदायित्व र अर्काको ख्याल ।

सहकारीका मान्यताहरु के के हुन् ?
१.नाफामा सहभागी नहुनेःअर्काको श्रम वा अर्काले तिरेको अतिरिक्त मूल्यमा लाभ नलिने ।
२.गैर सदस्यसँग कारोबार नगर्नेः सहकारी संस्थाले ब्यावसायिक सेवा सदस्यमा सीमित राख्ने ।
३.उपकारको भर नपर्नेः अरुको कल्याणको आय नगर्ने ।
४.गैर सदस्यलाई सेवा दिनेः सदस्यको आर्थिक फाइदासँग असम्वन्धित सेवाहरु अर्थात गैर ब्यवसायिक सेवा गैर सदस्यलाई दिने ।
५.सकारात्मक कार्य गर्नेः लै∙िक तथा अन्य कुनै पनि आधारमा भेदभाव नगरी समान सहभागिताको आर्दशमा काम गर्ने । सामाजिक सीमान्तीकरणमा परेका सदस्यलाई अगाडी ल्याउन सकारात्मक पहल गर्ने ।

सहकारीका सात अन्तर्राष्ट्रिय सिद्धान्तहरु के के हुन्?
-ऐच्छिक तथा खुल्ला सदस्यता
-सदस्यको लोकतान्त्रिक नियन्त्रण
-सदस्यको आर्थिक सहभागिता
-स्वायत्तता तथा स्वतन्त्रता
-शिक्षा, तालिम र सूचना
-सहकारी संस्थाहरुका वीच सहयोग
-समुदायप्रतिको सरोकार

सहकारी क्षेत्रसँग सम्वन्धित नियामक कुन कुन हुन ?
-संघ — भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र सहकारी विभाग,
– प्रदेश — भूमि ब्यवस्था, कृष् ितथा सहकारी मन्त्रालय र सहकारी विभाग वा महाशाखा,
– स्थानीय तह — महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका ।

कस्ता ब्यक्ति सहकारी संस्थाको सदस्य बन्न सक्दछन ?
-सहकारी संस्थाको कार्यक्षेत्रभित्र बसोबास गरी रहेका सोह्र वर्ष उमेर पुरा गरेको नेपाली नागरिकहरु
-नेपाल सरकार, प्रदेस सरकारका निकायहरुर स्थानिय तहका साथै संस्थाको कार्यक्षेत्तभित्रका सहभागी विदालय र सामुदायिक बिद्यालय, गुठी, स्थानीय क्लव, स्थानीय तहमा गठन भएका गैर नाफामुलक संस्था, उत्पादन र सेवामूलक संघ संस्था, उपभोक्ता समूहहरु ।

संस्थामा शेयर सदस्य र संचालक बीच के फरक छ ?
सदस्य भन्नाले सहकारी संस्थाबाट उपलब्ध हुने सेवा उपयोग गर्ने गरी संस्थाबाट लागू गरिएका शर्त तथा बन्देजहरु पलना गर्ने गरी संस्थामा शेयर लगानी समेत गरेर सदस्यता प्राप्त गरेको ब्यक्ति हुन भने यसता सदस्यहरु मध्येबाट सहकारी ऐन, २०७४ को दफा ४१ ब्मोजिम निर्वाचित हुने ब्यक्तिहरु संचालक हुन ।

कुनै सहकारी संस्था वा संघको शेयर सदस्य वने पश्चात कुन कुन विषयमा ध्यान पु¥याउनु पर्दछ ?
– सबै सदस्यलाई समान ब्यवहार गरेको छ ÷छैन ?
-ऋण लगानी कुन कुन क्षेत्रमा गरेको छ ?
-ऋण लगानीमा ब्याजदर कति छ ?
– ऋण लगानीमा सदस्य र संचालकलाई लिने ब्याजदर फरक छ कि समान छ ?
– ऋण लगानीबाट प्राप्त हुने ब्याज समय सीमाभित्र नबुझाउँदा साँवामा जोडेर(पूँजीकृत)
-विभागले लागू गरेको सहकारी तथा गरिवी सम्वन्धी व्यवस्थापन सूचना प्रणाली

-प्रचलित सहकारी कानुन तथा संस्थाको विनियम बमोजिम संस्थाले काम गरेको छ ÷छैन ?

सहकारी संस्थाको कोष भन्नाले के बुझिन्छ ?
सहकारी संस्थामा आबद्ध सदस्य एवं समुदायको हित प्रर्वधन तथा उन्नयनको लागि ब्यवस्था गरिएका विभिन्न प्रकारका कोषहरुलाई नै सहकारी संस्थाको कोष भनिन्छ ।

लाभांश कोष के हो ?
शेयर सदस्यले सहकारी संस्थामा पूँजी लगानी गरेवापत बार्षिक रुपमा संस्थामा प्राप्त गर्ने प्रतिफल नै लाभांश हो ।

साधारण सभा भनेको के हो ? यो कहिले सम्पन्न गर्ने? कहाँ प्रतिवेदन गर्ने?
साधारण सभा भन्नाले संस्थाका शेयर सदस्यहरुको उपस्थितिमा हुने वार्षिक नियमित सभालाई बुझिन्छ । सहकारी ऐन , २०७४ को दफा ३ अनुसार साधारण सभा आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र सम्पन्न गर्नुपर्दछ । यो संस्थाको सर्वोच्च अंग हो । यसले संचालक समिति र लेखा समितिको निर्वाचन गर्ने र संस्था संचालनको लागि आवश्यक सम्पूर्ण नीतिगत निर्णयहरु गर्ने गर्दछ ।

लेखा सुपरिवेक्षण समिति भनेको के हो ? यसले के के काम गर्दछ ?
सहकारी ऐन , २०७४ को दफा ४८ बमोजिम साधारण सभाबाट निर्वाचित समिति नै लेखा लेखा सुपरिवेक्षण समिति हो । प्रत्ेयक चौमासिकमा सहकारी संस्थाको आन्तरिक लेखापरीक्षण गर्ने, वित्तीय तथा आर्थिक कारेवारको निरीक्षण गर्ने र आवश्यक सुझाव दिने तथा आप्mनो प्रतिवेदन साधारण सभामा पेश गर्ने काम गर्दछ ।

सहकारी संस्था वा संघलाई विषयगत आधारमा कसरी वर्गिकरण गरिएको छ ?
उत्पादक संस्था वा संघ
उपभोक्ता संस्था वा संघ
श्रमिक संस्था वा संघ
वित्तीयसंस्था वा संघ
बहुउदेश्यीय संस्था वा संघ

दोहारो सदस्यता भनेको के हो?
कुनै एक ब्यक्ति एक स्थानीय तहको एकै प्रकृतिको एकभन्दा वढी सहकारी संस्थामा सदस्य बन्नु नै दोहारो सदस्यता हो । सहकारी ऐन, २०७४ को दफा ३२ मा ब्यवस्था गरिए अनुसार दोहारो सदस्यता लिनुदण्डनीय कार्य हो ।
गैर सदस्य कारेबार भनेको के हो ?
सहकारी संस्थाले शेयर सदस्य बाहेक अन्य ब्यक्तिसँग गरेको कारेबार नै गैर सदस्य कारोबार हो र प्रचलित सहकारी कानूनमा यस्तो कारोबार गर्न बन्देज गरिएको छ ।

संस्थाको मुख्य कारोवार भनेको के हो?
सहकारी ऐन, २०७४ को दफा २ को खण्ड (ज) मा उल्लेख भए अनुसार सहकारी संस्थाले कारोबार गर्ने अनुमति लिएको मुख्य मुख्य विषय वा क्षेत्र संस्थाको मुख्य कारोबार हो ।

सन्दर्भ ब्याजदर के हो ?
सन्दर्भ ब्याजदर सदस्यले सहकारी संस्थाबाट ऋण लिएपछि तिर्नुपर्ने अधिकतम ब्याजदरको सीमा हो । हाल अधिकतम १६% प्रतिशत ब्याज निर्धारण गरी लागू गरिएको छ ।

सेवा शुल्क के हो र हाल कति छ ?
सहकारी संस्थाले ऋण लगानी गर्दा प्रशासनिक खर्च बापत लिन सक्ने शुल्क नै सेवा शुल्क हो । विभागले मिति २०७७।१०।०१ देखि लागूहुने गरी बचत तथा ऋणको कारेवार गर्ने सहकारी संस्थाको लागि १ प्रतिशत र सामुहिक जमानतमा लघुवित्त कारेबार गर्ने सहकारी संस्थाको हकमा १.५ प्रतिशत सेवा शुलक तोकेको छ ।

एकिकरण भनेको के हो?
सहकारी ऐन, २०७४ को दफा ८७ को उपदफा १ अनुसार दुई वा दुई भन्दा बढी सहकारी संघसंस्थाहरु एक आपसमा गाभिएर एकै सांगठनिक एकाई बनाउने कार्यलाई एकिकरण भनिन्छ । एकिकरणमा साविक संस्थाका सदस्यअहरु स्वतः नयाँ सदस्य वन्ने र सम्पत्ति र दायित्वसमेत एकीकृत हुन्छ ।

सदस्य केन्द्रित सूचांक भनेको के हो?
सहकारी संघसंस्थाहरुले गर्ने हरेक क्रियाकलाप र त्यसबाट प्रापत हुने लाभ आफना सदस्यहरुलाई केन्द्रमा राखी निजहरुको हितहुने गरी गनुपर्ने मान्यता नै सदस्य केन्द्रितयता हो । संस्थामा यस विषयको कार्यान्वयन अवस्थाको मापन गर्न संस्थापकीय सरोकार, संरक्षकीय वन्धन र संचालकीय सक्रियता जस्ता सूचकांकहरु त्य गरिएका छन् र ती सूचकहरुको सूचीलाई सदस्य केन्द्रितयता सूचांक भनिन्छ ।
पल्र्स

\ (Pearls)

भनेको के हो ?

पल्र्स भनेको सहकारी संस्थाहरुको लगानीमा रहेको पूँजी, ऋण, सम्पत्ति, दायित्व जस्ता जोखिम क्षेत्र मापन गर्ने सूचकहरुको एकीकृत रुप हो । विश्वब्यापी रुपमा यस कार्यका लागि धैरै प्रकारका सूचकहरु प्रयोग गरिने भएतापनि हाल सहकारी विभागले १४ वटा सूचकहरुको आधारमा मूल्यांकन गर्ने गरेको छ ।

P = Protection Indicators
E = Effective Financial Structure
A = Assets Quality
R = Rate if Return & Cost
L = Liquidity
S = Sign of Growth

सहकारी संस्थाहरुले के कस्ता अनुदान पाउने ब्यवस्था छ ?
सहकारी सैस्थाहरुले सहकारी विभागबाट वार्षिक स्वीकृत कार्यक्रमको परिधिभित्र रहेर पूँजीगत अनुदान, कार्यक्रम अनुदान र वीउ पूँजी अनुदान पाउने ब्यवस्था छ ।
पूँजीगत अनुदानःसंस्थाहरुको पूँजी वृद्धि हुने खालका स्थिर सम्पत्ति तथा पुर्वाधारहरुको बन्दोबस्त गर्नलाई दिइने अनुदान पूँजीगत अनुदान हो । यस प्रकारको अनुदान बचत तथा ऋणको मुख्य कारोवार गर्ने संस्थाबाहेक अन्य संसथाहरुको आयोजनालाई मुल्यांकन गरेर साझेदारीमा काम गर्नका लागि पूँजीगत अनुदान दिइन्छ ।
कार्यक्रम अनुदानः सहकारी संघहरुलाई सहकारी क्षेत्रको प्रवर्धन तथा समग्र विकासका कार्यक्रमहरु संचालन गर्नका लागि साझेदारीमा आधारित भई वार्षिक रुपमा प्राथमिकताका कार्यक्रम अनुदान प्रदान गरिन्छ ।
बीउ पूँजी अनुदानः सीमन्तकृत समुदाय, श्रमिक, भूमीहिन कृषकहरु सम्मिलित सहकार िसंसथाले आप्mना सदस्यहरुलाई सामूहिक वा ब्यक्तिगत रुपमा वस्तु वा सेवा उत्पादन गरी स्वरोजगारीको अवसर दिलाउने आयोजनालाई वीउ पूँजी अनुदान हो । यस प्रकारको अनुदान सहकारी संस्थामा नमासिने गरी वीउ पूँजीको रुपमा रहिरहने हुनुपर्छ ।
सम्पत्ति शुद्धिकरण भनेको के हो ?
अवैधानिक तथा गैर कानुनी क्रियाकलाप र माध्यमबाट गरिएको आय आर्जन र सम्पत्तिलाई विभिन्न माध्यमबाट वैज्ञानिक बनाउने कार्य सम्पत्ति शुद्धिकरण हो ।
सम्पत्ति शुद्धिकरण निवाकरण भनेको के हो ?
अवैधानिक तथा गैर कानुनी क्रियाकलाप र माध्यमबाट गरिएको आय आर्जन र सम्पत्तिलाई विभिन्न माध्यमबाट वैज्ञानिक बनाउने कार्यलाई नियन्त्रण, निरुत्साहिन, छानविन तथा दण्ड गर्ने कार्य सम्पत्ति शुद्धिकरण निवारण हो ।

कार्यन्वयन अधिकारी भनेको के हो ?
सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन, २०७४ को दफा २४ बमोजिम सम्वन्धित सहकारी संस्था वा संघको तर्फबाट समन्वय, अनुगमन, प्रतिवेदन तथा सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धी सम्पर्क विन्दुको रुपमा कार्य गर्ने गरी तेकिएको ब्यक्ति कार्यन्वयन अधिकारी(Compliance Officer)

हो ।

शंकास्पद कारोबार (Suspicious Transaction) भनेको के हो ?
सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन, २०७४ को दफा २४ बमोजिमको चित्त बुझ्दो आधार र कारण बाहेकको कारोबार शंकास्पद कारोबार हो ।
सीमा कारोबार

(Threshold Transaction)

भनेको के हो ?
सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन, २०७४ को दफा २४ बमोजिमको चित्त बुझ्दो आधार र कारण बाहेक एकै पटक वा पटक गरी दैनिक रु. १० लाख वा सो भन्दा बढि भएको जुनसुकै किसिमको कारोवार सीमा कारोवार हो ।
असामान्य कारोबार भनेको के हो ?
सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन, २०७४ को दफा १४ बमोजिमको चित्त बुझ्दो आधार र कारण बाहेक वार्षक रु. ३० लाख भन्दा बढि जुनसुकै किसिमको कारोवार असामान्य कारोवार हो ।
वित्तीय जानकारी एकाइ Suspicious Transaction भनेको के हो ?
सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धी ऐन, २०६४ को दफा ९ वमोजिमको कार्य गर्ने गरी नेपाल राष्ट्र बैकले तोकेको एकाइ नै वित्तीय जानकारी एकाइ हो र यस एकाइले वित्तीय कारेवार गर्ने सबै निकायले पठाउने असामान्य कारोबार प्रतिवेदन, शंकास्पद कारोबार प्रतिवेदन(Qm\R)

तथा सीमा कारोवार(Q\R)

विवरणहरुको सूचना संकलन तथा प्रतिवेदन गर्ने काम गर्दछ ।
सदस्य पहिचान(Know Your Member/KYM)

भनेको के हो ?
सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन, २०७४ को दफा ३ बमोजिम सहकारी संस्थाले आफना सदस्यहरुको पहिचान सम्वन्धमा संकलन गरेको विवरण सदस्य पहिचान

(KYM)

हो ।
सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन, २०७४ बमोजिमको प्रतिवेदन कहिले कहिले वित्तीय जानकारी एकाइ तथा नियमाक निकायमा पठाउनु पर्छ ?
प्रतिवेदनको प्रकार
वित्तीय जानकारी एकाइमा पठाउनु पर्ने अवधि
सीमा कारेवार सम्वन्धी प्रतिवेदन (Threshold Transaction Report/Q\R)

कारोवार भएको १५ दिन भित्र
शंकास्पद कारोबार (Suspicious Transaction Report/Qm\R)

कारोवार भएको ३ दिन भित्र
सम्पत्ती शुद्धिकरण निवारणको सम्वन्धमा नियमक निकायमा पठाउनु पर्ने नियमित प्रतिवेदन
वार्षिक रु. ५ करोड सम्मको आर्थिक कारोबार हुने संस्थाको हकमा वार्षिक रुपमा र
वार्षिक रु. ५ करोड भन्दा बढि आर्थिक कारोबार हुने संस्थाको हकमा चौमासिक रुपमा

Leave a Reply