हाम्रो सहकारी

0 Shares

गरीबको झुप्रो झुप्रो
पुग्ने सहकारी
हिमाल देखी तराई सम्मै
प्यारो सहकारी
गरीबिको मल्हमपत्ती बन्ने सहकारी
उद्योगधन्दा खोल्नुपर्छ
भन्ने सहकारी !

 

सदस्यकै सहकार्यमा
चल्ने सहकारी
अन्धकारमा दीयो बनी
बल्ने सहकारी
भेदभाव बिना सदस्यमाझ
चल्ने सहकारी
उत्पादनमा जोडिनलाई
पर्छ सहकारी !

 

घर घर मै सेवादिन
जान्छ सहकारी
मानो मुठी संगालेर
ल्याउँछ सहकारी
पैसा चाहिए घरमै पुर्याई
दिन्छ सहकारी
बिनाधितो उद्यमीलाई ऋण
दिन्छ सहकारी !

 

आज बदनाम गराईदैछ
किन सहकारी ?
खोज्नुपर्छ यसको कारण
अब सहकारी
चलाए कि त खराब ब्यक्ति
घुसी सहकारी
अब सजग हुनैपर्छ
‘हाम्रो सहकारी !

 

वित्तीय सेवा अब्बल दिने
हाम्रो सहकारी
बैंकको अँखाको कसिङ्गगार
बन्यो की सहकारी
गल्ती भए सुधारीनु
पर्छ सहकारी
हैन भने बदनाम हुन्छ
राम्रो सहकारी !

 

अप्ठ्यारोमा सहकारी
एक हुनुपर्छ
सहकारी बैंक मा नै
निक्षेप गर्नुपर्छ
आफ्नाले आफ्नै संग
नाता गांस्नुपर्छ
हैन भने हुर्किएको
बोट पनी मर्छ…!!

 

Leave a Reply