प्रोबेसन कार्यक्रममा आबद्ध हुँदै दुर्गा सहकारी

0 Shares

्सुनसरीको इटहरी उपमहानगरपालिका इटहरी बजारमा रहेको दुर्गा बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय कार्यक्रम प्रोबेशनमा आबद्ध भएको घोषणा गरेको छ ।
नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) र दुर्गा साकोसबीच यहि साउन २५ गतका दिन औपचारिक कार्यक्रम गरी उक्त सम्झौता गरिएको थियो ।
सो सम्झौता गरिएको कार्यक्रममा संस्थका लेखा समिति सदस्य कृष्ण चन्द्र राई, पूर्व सञ्चालक शम्भू कुमार श्रेष्ठ र नेफ्स्कूनको तर्फबाट फिल्ड व्यवस्थापन उपसमति सदस्य शालिकराम ढकाल, नेफ्स्कुन सुनसरी फिल्ड कार्यालय इन्चार्ज पवन घिमिरे, व्यवसाय सहायक रामहरी भट्टराई, संस्थाका व्यवस्थापक कुमार निरौला लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी सोहि संस्थाका व्यवस्थापक निरौलाले साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसन सहभागिता हुनाले संस्थाको विकास र प्रबद्धनमा थप टेवा पुग्ने जानकारी गराएका थिए ।

Leave a Reply