समुदायमा आधारित रहेका सहकारीहरुलाई कुनै समस्या छैन

0 Shares

सामुदायिक रेडियो एकता संचालन गरिरहेको सामुदायिक संचार एकता सहकारी संस्था लिमिटेडले आयोजना गरेको सहकारीको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीले यस्तो कुरा बताएका हुन् । वर्तमान अवस्थामा बैंक तथा सहकारी संस्थाले झेल्नु परिरहेको समस्यालाई लक्षित गर्दै रेडियोले लालबन्दी नगरपालिका–५, स्थित आफ्नै कार्यालयमा जिल्लाभित्र क्रियाशील प्रमुख सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापकलगायतलाई सहभागी गराएर यस प्रकारको अन्तक्र्रिया कार्यक्रम गरेको हो ।

एकल निर्णय गर्ने सहकारीहरुमा समस्या देखिँदै गएपनि जस्ले शेयर सदस्यसँग भिजेर कारोवार गरिरहेको छ, त्यहाँ कुनै प्रकारको समस्या नरहेको वक्ताहरुको भनाई रह्यो । रेडियोले जिल्लामा यसरी बचत सहकारी, कृषि सहकारी, शिक्षा सहकारीलगायत सबै प्रकृतिका सहकारीलाई सहभागी गराई पहिलो पटक आपसी अन्तक्र्रिया कार्यक्रम आयोजना गरेकोमा सहभागीले धन्यवाद ज्ञापन गरेका छन् । सामुदायिक संचार एकता सहकारी संस्था र रेडियोका समेत अध्यक्ष गोविन्दबहादुर महतको अध्यक्षता एवं लालबन्दी नगरपालिकाको सहकारी शाखाका प्रमुख गोपालबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सह–आयोजक राष्ट्रिय सहकारी बैंक मधेश प्रदेशका प्रमुख विष्णुप्रसाद पराजुली, जिल्ला बचत संघ सर्लाहीका पूर्व अध्यक्ष बाबुराम घिमिरे, बचत संघका वर्तमान उपाध्यक्ष धनेश्वर महतो, राष्ट्रिय सहकारी बैंक हरिवन शाखाका प्रमुख नारायण लामिछाने, नेफ्स्कुन फिल्ड कार्यालय हरिवनका प्रमुख महेश बराललगायतले मन्तव्य राख्नुभयो ।

 

रेडियोको संचालक समितिका सदस्य बेचुप्रसाद तिमल्सिनाको स्वागत तथा व्यवस्थापक प्रकाश मैनालीको संचालन रहेको कार्यक्रममा रेडियोका तर्फबाट विनोदकुमार थापा, राष्ट्रिय सहकारी बैंकको तर्फबाट विष्णुप्रसाद पराजुली र नारायण लामिछाने तथा नेफस्कुनको तर्फबाट महेश बरालले कार्यपत्र प्रस्तुत गर्नुभयो ।

 

Leave a Reply