सर्लाहीको सगुन सहकारीले ६६ औं रास्ट्रिय सहकारी दिवसको अवसरमा खुल्ला रक्तदान सहित विभिन्न कार्यक्रमहरु सम्पन्न

0 Shares

हरिवन नगरपालिका ११ मा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले चैत्र १८ गते ६० बर्ष नाघेका ५४ जना सदस्यहरुलाई जनकपुरधाम र धनुषाधाममा १ दिने तिर्थाटन भ्रमण गरेको छ सो कार्यक्रमको शुभकामना संस्थाका अध्यक्ष केशव ढकाल सहित पदाधिकारी उपस्थिति रहेको थियो साथै १९ गते मा.वि स्थरिय निवन्ध लेखन प्रतियोगितामा सर्लाही जिल्ला भरीका १० ओटा विद्यालयको १३ जना विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो उक्त कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष ढकालको अध्यक्षतामा भएको हो

उक्त प्रतियोगितामा लालिगुराँस एकेडेमी ईश्वरपुरकी छात्रा गरिमा सेढाई सर्बोत्कृट नारायण मा.वि ईश्वरपुर,सनराईज मा.वि हरिवनका छात्रा लक्ष्मी शर्मा,शुभेच्छा दत्त उत्कृष्ट प्रथम हुनेमा महादेव जनता मा.वि हरिवन चतुरभुजेश्वर मा.वि हरिवन जनता मा.वि बागमतीको छात्र छात्रा पुजा कुशवाह,हिमान्सु मैनाली,धर्मेन्द्र महरा उत्कृष्ट भई पुरस्कार वितरण गरिएको छ

 

त्यसैगरी ६६ औं रास्ट्रिय सहकारी दिवसको अवसरमा हरिवन सहकारी नगर सन्जाल र हरिवन नगरपालिकाले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा सहभागी भई हरिवन नगरपालिका नगर सहकारी सन्जालको संयोजनमा हरिवन स्थित विभिन्न सहकारीहरुको सहयोगमा सगुन साकोसको ब्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार केन्द्र जनकपुरको प्राविधिक सहयोगमा ६२ जना रक्तदाताहरुले रक्तदान गरेका थिए त्यसैगरी संस्थाले हरिवनकै मानव सेवा आश्रममा १ दिनको लागि पुग्ने खाद्यान्न सामाग्री वितरण गरिएको संस्थाका ब्यवस्थापक रबिन्द्र रानाले जानकारी दिनुभयो

Leave a Reply